निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा


काठमाडौं। निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ। उक्त करको विषयमा चौतर्फी आलोचना भएपछि कर हटाउने प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पठाएको हो।

सम्भवतः आज बसे मन्त्रिपरिषद्को बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय गर्नेछ। मन्त्रिपरिषद्को निर्णय अर्थ मन्त्रालय पुगेपछि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्नेछ। त्यसपछि उक्त निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय कार्यान्वयनमा आउने देखिन्छ। उक्त निर्णय संघीय संसद्लाई पनि जानकारी गराइनेछ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने घोषणा गरिसकेका छन्। त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रक्रियामा रहेको छ। बालेनको घोषणा अनुसार निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय एक-दुई दिनभित्रै कार्यान्वयनमा आउने देखिन्छ। त्यसैले यसमा कुनै अन्यौलता देखिँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ