सरूवा भएको ७ महिनासम्म भूमि व्यवस्थापन विभागमै छन् कम्प्युटर अधिकृत काफ्ले


काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत बलराम काफ्लेको सरूवा भएको ७ महिना हुन लागेको छ। २०८२ पुस १३ गते कम्प्युटर अधिकृत काफ्लेको सञ्चारमा सरूवा भएको थियो। स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार कम्प्युटर अधिकृत बलराम काफ्लेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सरूवा भएको देखिन्छ। तर सरूवा भएको ७ महिना हुन लाग्दा पनि काफ्ले भूमि व्यवस्थापन तथा अभिलेख विभागमै कार्यरत रहेको पाइन्छ।

काफ्ले सरूवा हुँदा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ‘मर्ज’ भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भइसकेको छ। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नाम परिवर्तन भएर सूचना तथा सञ्चार मन्त्रालय लेख्न थालिएको छ। तर, यत्रो परिवर्तन हुँदा पनि ७ महिना अघि सरूवा भएका कम्प्युटर अधिकृत काफ्लेको कुर्सी परिवर्तन भएको छैन।

भूमि व्यवस्थापन विभागमा रहेको ‘एलआरएमआईएस सिस्टम’मा डेभलपरसँग मिलेर हदबन्दीभन्दा बढीको जग्गा दर्ता गराएको आरोप लाग्दै आएको छ। प्राविधिक रूपमै ठूलो चलखेल भएको विषय उठिरहँदा सरूवा भएको ७ महिना हुन लाग्दा पनि कम्प्युटर अधिकृत काफ्लेले ठाउँ नछाड्नुलाई आश्चर्यको रूपमा हेर्न थालिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #बलराम काफ्ले कम्प्युटर अधिकृत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ