राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासनका एक सहसचिव फाजिलमा


काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रमा नेपाल प्रशासन सेवाका एक सहसचिव फाजिलमा परेका छन्। राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासन तर्फको दरबन्दी कटौती भएसँगै एक सहसचिव फाजिलमा परेका हुन्।

केन्द्रमा हाल प्रशासन सेवाको दुई सहसचिव कार्यरत छन्। नारायणप्रसाद भट्ट र दिपक घिमिरे प्रशासन सेवाका सहसचिव हुन्। दुईमध्ये एक सहसचिव फाजिलमा परेका छन्।

केन्द्रका प्रशासनतिरको सचिवको दरबन्दी कायम भएसँगै प्राविधिक सचिव विश्वबाबु पुडासैनीको अन्यन्त्र व्यवस्थापन गरिएको छ। केन्द्र प्रशासन सेवाका सचिव नपठाइएकाले निमित्त सचिवको जिम्मेवारी भट्टले पाउने देखिन्छ। सचिव बढुवाका मुखमा रहेका भट्ट बढुवा भएर प्रदेश नगएसम्म निमित्तको भूमिकामा रहने अवस्था रहेको छ। भट्ट भदौभित्र सचिवमा बढुवा हुने भएकाले सतर्कता केन्द्रमा फाजिलमा परेका प्रशासन सेवाका सहसचिवको तत्कालका लागि त्यतै व्यवस्थापन हुने देखिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #दिपक घिमिरे, #नारायणप्रसाद भट्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ