सचिव बढुवाका लागि भट्ट, कुँवर र खत्रीको नाम सिफारिस
काठमाडौं। सचिव बढुवाका लागि नारायणप्रसाद भट्ट, बिनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम सिफारिस भएको छ। बढुवा समितिले सचिव बढुवाका लागि भट्ट, कुँवर र खत्री नाम सिफारिस गरेको हो।
सचिव बढुवाका लागि एक नम्बर नारायणप्रसाद भट्ट, दुई नम्बरमा बिनोदबहादुर कुँवर र तीन नम्बरमा उत्तरकुमार खत्रीको नाम सिफारिस भएको हो। भट्ट राष्ट्रिय सतर्कता केन्द्र, कुँवर राष्ट्रिय समावेशी आयोग र खत्री अर्थ मन्त्रालयमा कार्यरत छन्। सरकारले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ।
यसअघि सचिव बढुवाका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोदबहादुर कुँवरको नाम सिफारिस भएको थियो। सिफारिस भएलगत्तै नेपाल अनिवार्य अवकाशमा गए। केही घण्टाका लागि सचिव बढुवा गर्ने विगतको विकृत अभ्यासलाई सरकारले तिलाञ्जली दिएपछि उनी सहसचिवबाटै घर गएका हुन्। समितिले फेरि खत्रीलाई समावेश गरेर तीन सहसचिवको सचिव बढुवाका लागि सिफारिस गरेको छ। अघिल्लो बढुवा समितिको बैठकको सिफारिस भत्ता खानेबाहेक कुनै औचित्य र उपलब्धि देखिएन। नेपाल अवकाशमा गएपछि समितिको फेरि बैठक बसेर अर्को सिफारिस गरेको हो।
क्याटेगोरी : समाचारट्याग : #उत्तरकुमार खत्री, #नारायणप्रसाद भट्ट, #बिनोदबहादुर कुँवर


तपाईको प्रतिक्रिया दिनुहोस