सामान्यमा रिसाल, पूर्वाधारका रिज्याल पुगे सुदूरपश्चिम


काठमाडौं। सरकारले कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव नारायणप्रसाद रिसाललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गरेको छ। उनले एकदेवको ठाउँ लिने सम्भावना देखिन्छ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव बलराम रिज्याल सुदूरपश्चिम प्रदेश पुगेका छन्। उनी एमाले सत्ताका तरमारा सहसचिव हुन्। सामान्य प्रशासन मन्त्रालयबाट गृह हुँदै पूर्वाधार पुगेका रिज्याल सुदूरपश्चिम प्रदेश सरूवा भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ