लोक सेवा आयोगले प्रशासन सेवामा १४ सहसचिवका लागि विज्ञापन खुलायो


काठमाडौं। लोक सेवा आयोगले नेपाल प्रशासन सेवामा १४ सहसचिवका लागि विज्ञापन खुलाएको छ। आयोगको सूचना अनुसार बढुवामा १० (जेष्ठता ५, कार्यक्षमता ५), आन्तरिक प्रतिस्पर्धाबाट ३ र खुलामा १ सहसचिवका लागि विज्ञापन खुलाएको हो। खुलामा १ जना मात्र आउने भएकाले समावेशी (कोटा)बाट यसपटक कोही पनि सहसचिव बन्ने छैनन्।

निजामती सेवामा जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवामा नेपाल प्रशासन सेवामा ५; लेखापरीक्षणमा १; इन्जिनियरिङ, सिभिल, जनरलमा १; इन्जिनियरिङ, सिभिल, हाइवेमा ३; इन्जिनियरिङ, सिभिल, स्यानिटरीमा १; इन्जिनियरिङ, माइनिङ, इन्जिनियरिङमा १; इन्जिनियरिङ, मेटिरियोलोजीमा १; वन, स्वायल एण्ड वाटर कन्जरभेसनमा १; वन, नेसनल पार्क एण्ड वाइल्ड लाइफमा १ र विविध (सूचना प्रविधि)मा १ सहसचिवका लागि विज्ञापन खुलाइएको छ।

त्यस्तै निजामाती सेवामा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवामा नेपाल प्रशासन सेवामा ५; लेखापरीक्षणमा १; इन्जिनियरिङ, सिभिल, जनरलमा २; इन्जिनियरिङ, सिभिल, हाइवेमा २; इन्जिनियरिङ, सिभिल, बिल्डिङ्ग एण्ड आर्किटेकमा १; इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसनमा १; कृषि मत्स्यमा १; वन, जनरल फरेष्ट्रीमा १ र शिक्षा, शिक्षा प्रशासनमा १ जना सहसचिव मागिएको हो।

नेपाल प्रशासन सेवामा आन्तरिक प्रतिस्पर्धामा ३ र खुलामा १ सहसचिवका लागि विज्ञापन खुलाइएको छ। न्याय सेवाको न्याय समूहमा आन्तरिक प्रतिस्पर्धाबाट १ र खुलामा १; कानुनमा आन्तरिक प्रतिस्पर्धाबाट १; सरकारी वकिलमा आन्तरिक प्रतिस्पर्धाबाट २; खुला १ र दलित कोटाबाट १ जना सहसचिवका लागि विज्ञापन आह्वान गरिएको हो। लेखापरीक्षणमा आन्तरिक प्रतिस्पर्धाका लागि १ सिट मागिएको छ।


आर्थिक योजना तथा तथ्याङ्क आन्तरिक प्रतिस्पर्धामा १; इन्जिनियरिङ, सिभिल, जनरलमा आन्तरिक प्रतिस्पर्धा १ र खुला १; इन्जिनियरिङ, सिभिल, हाइवेमा आन्तरिक प्रतिस्पर्धाका लागि १; इन्जिनियरिङ, सिभिल, बिल्डिङ्ग एण्ड आर्किटेकमा खुला १; इन्जिनियरिङ, सर्भे खुला १; वन, स्वायल एण्ड वाटर कन्जरभेसनमा आन्तरिक प्रतिस्पर्धाबाट १ र शिक्षा, शिक्षा प्रशासनमा आन्तरिक प्रतिस्पर्धाबाट १ जना सहसचिवका लागि विज्ञापन खोलिएको हो।

स्वास्थ्य सेवा तर्फ कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा एघारौं तहमा ९, आन्तरिक प्रतिस्पर्धामा ६, खुलामा २ र आदिवासी जनजाति कोटामा १ जनाका लागि विज्ञापन खुलाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ