सामान्य प्रशासन समूहमा ११ उपसचिव सिफारिस


काठमाडौं। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा ११ उपसचिव सिफारिस भएका छन्। खुला प्रतिस्पर्धाबाट ६, आदिवासी जनजाति कोटाबाट २, महिलाबाट १, मधेशीबाट १ र अपाङ्ग कोटाबाट १ गरी ११ उपसचिव सिफारिस भएका हुन्।

खुला प्रतिस्पर्धाबाट मनोज अधिकारी, कृष्णप्रसाद गौतम, अच्युत दाहाल, बाचस्पति सुनुवार, मनबहादुर थापा र प्रशान्त शाह उपसचिवमा सिफारिस भएका छन्। आदिवासी/ जनजाति कोटाबाट अन्जु चौधरी र अन्जली लिम्बु उपसचिवमा सिफारिस भएका हुन्।

त्यस्तै महिला कोटाबाट अनामिका रौनियार, मधेशी कोटाबाट रविन्द्रप्रसाद यादव र अपाङ्ग कोटाबाट रोहीत भट्टराई उपसचिवमा सिफारिस भएका छन्। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा खुला र समावेशी गरी ११ उपसचिव एकसाथ थपिएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अच्युत दाहाल, #अनामिका रौनियार, #अन्जली लिम्बु, #अन्जु चौधरी, #कृष्णप्रसाद गौतम, #प्रशान्त शाह, #बाचस्पति सुनुवार, #मनबहादुर थापा, #मनोज अधिकारी, #रविन्द्रप्रसाद यादव, #रोहीत भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ