रामेछाप र प्युठान निमित्त सिडिओको भरमा


काठमाडौं। रामेछाप र प्युठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारी (सिडिओ)को भरमा चलिरहेको छ। गृह मन्त्रालयले सिडिओ नपठाउँदा रामेछाप र प्युठान सहायकको भरमा चलिरहेको हो। रामेछापको सिडिओ बिनु बज्राचार्य कुँवर गृहको जगेडामा र प्युठानका सिडिओ शान्तिराज प्रसाईंको सिराहाको सिडिओमा सरूवा भएपछि दुई जिल्ला निमित्तको भरमा छन्। रामबहादुर केसी रामेछापको निमित्त सिडिओ भएर काम गरिरहेका हुन्।

प्युठानमा सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई निमित्त सिडिओ भएर काम गरिरहेका छन्। प्रसाई सिराहाको सिडिओ भएर गएपछि राईले प्युठान धानिरहेका हुन्। दैलेखका सिडिओ आनन्द सारूको अख्तियारमा सरूवा भएको छ। उनले भने जिल्ला छाडेका छैनन्। यी तीनवटै जिल्लामा गृहले सिडिओ पठाउन बाँकी छ। तर, गृह मन्त्रालयमा सहसचिव ‘सर्टेज’ भएकाले दसैँ तिहार अगाडि सिडिओ पठाउने सम्भावना देखिँदैन। उपसचिवले नै चलाउन सक्ने ती जिल्लामा निमित्तले नै केही समय हेर्न पाउने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ