सर्वोच्चमा प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ४ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरिएको छ। सर्वोच्चमा सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गरिएको हो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।
संसदीय सुनुवाइ समितिले सोमबार सूचना जारी गर्दै संसदीय सुनुवाइ प्रयोजनका लागि आह्वान गरिएको हो। सिफारिस भएका व्यक्तिलाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ । उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ उल्लेख छ। परिचय खुलाउन नचाहनेले गोप्य रूपमा समेत उजुरी दिन सक्ने सूचनामा भनिएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस