दरबन्दी कटौतीमा परेपछि ३ सहसचिव फर्किए परराष्ट्रमा
काठमाडौं। नियोगको दरबन्दी कटौतीमा परेपछि ३ सहसचिव परराष्ट्र मन्त्रालयमा फिर्ता आएका छन्। त्यसरी फिर्ता आउनेमा नेपाल प्रशासन सेवाका २ र परराष्ट्र सेवाका एक सहसचिव रहेका छन्। दरबन्दी कटौतीमा परेपछि उनीहरू परराष्ट्र मन्त्रालयमा हाजिर हुन थालेका हुन्।
भारतको नयाँ दिल्लीस्थित नेपाल राजदूतवास र चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा रहेको ‘इकोनोमिक मिनिष्टर’को पद कटौतीमा परेपछि तारानाथ अधिकारी र पार्वती अर्याल परराष्ट्र मन्त्रालयमा फिर्ता आएका छन्। सहसचिव अधिकारी भारतको नयाँ दिल्लीस्थित नेपाल राजदूतवासमा ‘इकोनोमिक मिनिष्टर’ र अर्याल चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा रहेको ‘इकोनोमिक मिनिष्टर’ पदमा कार्यरत थिए। परराष्ट्र मन्त्रालयको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत दुबै नियोगको ‘इकोनोमिक मिनिष्टर’को पद कटौतीमा परेपछि सहसचिव अधिकारी र अर्याल परराष्ट्र मन्त्रालयमा फिर्ता भएका हुन्।
त्यस्तै अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्यदूतावास बन्द भएको छ। उक्त नियोग बन्द भएर दरबन्दी कटौतीमा परेपछि नियोग प्रमुख लक्ष्मण खनाल परराष्ट्र मन्त्रालयमा फिर्ता भएका छन्। परराष्ट्र सेवाका सहसचिव खनाल पनि दरबन्दी कटौतीमा परेपछि परराष्ट्र मन्त्रालय फिर्ता भएका हुन्। परराष्ट्र मन्त्रालयमा प्रशासन सेवाका सहसचिव अधिकारी र अर्याल फिर्ता भएका छन्। परराष्ट्र सेवाका सहसचिव खनाल पनि दरबन्दी कटौतीमा परेर उनीहरूसँगै परराष्ट्र मन्त्रालयमा मिसिन आएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस