सर्वाेच्च अदालतमा थपिए चार न्यायाधीश
काठमाडौं। सर्वाेच्च अदालतमा चार न्यायाधीश थपिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपतिले नियुक्त गरेसँगै डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्च अदालतको न्यायाधीशमा थपिएका हुन्।
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन गरेसँगै उनीहरूलाई राष्ट्रपति पौडेलले नियुक्ति गरेका हुन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ। उक्त प्रावधानलाई टेकेर राष्ट्रपति पौडेलले बागचन्द, सारू, पाण्डे र डाँगीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका छन्।
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदन गरेकाले सर्वाेच्च अदालतमा चार न्यायाधीश थपिने भएका हुन्। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश, सारू उच्च अदालत पाटनका न्यायाधीश, पाण्डे उच्च अदालत पाटन हेटौंडा इजलास र डाँगी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश थिए। संसदीय सुनुवाई समिति अनुमोदन भएसँगै राष्ट्रपतिबाट उनीहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।
प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त थिए। चार न्यायाधीश थपिए पनि एक न्यायाधीश रिक्त हुन पुगेको छ। किनकी सर्वोच्चका न्यायाधीश विनोद शर्मा केही दिन अगाडि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गएका छन्। न्याय परिषद्ले अझै सर्वोच्च अदालतमा एक न्यायाधीश सिफारिस गर्न सक्नेछ।
ट्याग : #. रत्नबहादुर बागचन्द, #गोकर्ण डाँगी, #चन्द्रबहादुर सारू, #जनक पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस