डब्लुएचओले भन्यो नेपाललाई मौज्दात कोभिसिल्ड खोप तत्काल उपलब्ध गराउनु (भिडियो)


काठमाडौ । विश्व स्वास्थ्य संगठन डव्लुएचओले प्रयोग गर्न बाँकी रहेका कोभिड विरुद्धको खोप तत्काल नेपालमा पठाउन अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले खोपको मौज्दात रहेका सम्पूर्ण देशहरुलाई यथाशक्य चाँडो नेपाललाई खोप उपलव्ध गराउन आग्रह गरेका हुन् । खोप उपलब्ध गराउन भन्दै उनले बिहीबार एउटा सानो भिडियो सन्देश छाडेका छन् ।

निषेधाज्ञाले समेत कोरोना संक्रमण घट्न सकेको छैन । डा पाण्डवले नेपालमा कोरोनाको दोस्रो लहर धेरै नै भयावहरुपमा देखिएको भन्दै छिटै खोप उपलव्ध भएन भने अहिलेको कठिन अवस्था निरन्तर रहने समेत बताए । उनले अहिलेसम्म करीव २१ लाख नागरिकले पहिलो डोज र करीब ७ लाख नागरिकले दोस्रो डोज लगाएको भन्दै अझै करीव १४ लाख नागरिक कोभिसिल्ड खोपको पर्खाईमा रहेको उल्लेख गरेका छन् ।

क्याटेगोरी : Videos

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com