केका लागि ज्यानको बाजी राखेर अनशन? ज्योति रानाभाटसँग विशेष कुराकानी
काठमाडौं । नर्सिङ क्षेत्रका समस्या र पेशागत अधिकारको माग गर्दै नर्स अभियन्ता ज्योति रानाभाटले सरकारसँग विभिन्न माग राखेर अनशन सुरु गरेकी थिइन्। नर्सहरूको सेवा–सुविधा, पारिश्रमिक, दरबन्दी तथा पेशागत सम्मानलगायतका विषयमा राज्य गम्भीर बन्नुपर्ने उनको माग थियो।
स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पनि माग पूरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएकी रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन्।
नर्सिङजस्तो मानवीय सेवाको पेशामा काम गर्नेहरू आफ्नै अधिकारका लागि किन ज्यानको बाजी राख्नुपर्ने अवस्था आयो? सरकारसँग भएको १९ बुँदे सहमति कार्यान्वयनको अवस्था के छ? यसै विषयमा नर्स अभियन्ता ज्योति रानाभाटसँग स्वास्थ्य लाइभको विशेष कुराकानी।
क्याटेगोरी : Videos, समाचार, सार्वजनिक सरोकारट्याग : ##mohp nepal, ##Nurse Nepal, #swasthya live youtube


तपाईको प्रतिक्रिया दिनुहोस