मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेज हुँदै !


काठमाडौं । सरकारले मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा राज्यको नीतिविपरीत मेडिकल कलेजलाई दिइएको सम्बन्धन पुनरावलोकन गर्ने उल्लेख छ ।

यसले झापाको विएण्डसीलाई दिन लागेको सम्बन्धन, विराट र देवदह मेडिकल कलेजलाई दिएका एमबीबीएसका विस्तारित शैक्षिक कार्यक्रम, अन्य मेडिकल कलेजको सम्बन्धन खारेज हुने सम्भावना छ । सरकारले चिकित्सा शिक्षाका नियामक निकायलाई प्रभावकारी बनाउने भएको छ । प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाको पहुँचलाई विस्तार गर्ने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com