स्वास्थ्य मन्त्रीले चलाए सरकारी मेडिकल कलेज नभएकाे प्रदेशमा कलेज खाेल्ने अभियान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी मेडिकल कलेज नभएका स्थानको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडी बढाएका छन् । विगतमा डा गोविन्द केसी सँग भएको सम्झौता अनुसार उनले सरकारी मेडिकल कलेज नभएका लुम्बिनी, इलाम, बर्दिबास, सुर्खेत र पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडी बढाएका हुन् ।

सरकारी मेडिकल कलेज नभएका प्रदेशमा मेडिकल कलेज स्थापना गर्न र हाल संचालन भइरहेका सरकारी मेडिकल कलेज (प्रष्ठिान) बाट सेवा विस्तार गरी नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न मन्त्री श्रेष्ठ अग्रसर भएका हुन् । यस अगाडीका केसीसँग सहमती भएपनि काम अगाडी बढ्न सकेको थिएन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहिवार लुम्बिनी प्रादेशीक अस्पताल, इलाम, बर्दिबास, सुर्खेत र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम संचालन गर्नको लागि सम्बन्धीत प्रदेशमा परिपत्र भएको छ । सम्बन्धीत प्रदेशले मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक जग्गा, भौतिक पूर्वाधार तथा अन्य विषयको अध्ययन गरी बढीमा तीन महिना भित्र स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले प्रदेश १ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश २ मा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशकोे परिवार कल्याण मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

हाल संचालनमा रहेका प्रतिष्ठान एवं अस्पतालहरुमा पूर्वाधारलगायतका आवश्यकता हेरेर सम्पूर्ण तयारीपछि सम्बन्धन लगायतका विषयमा शिक्षा मन्त्रालयले त्रिभूवन विश्वविद्यालयसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com