स्वास्थ्य मन्त्रालयमा थन्किएका थोत्रा गाडी सिटिईभिटीलाई


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थन्किएर बसेका थोत्रा गाडी सिटिईभिटीलाई उपयोग गर्न दिने भएको छ । सिटिईभिटीको आंगिक संस्था शंकरापुर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीलाई प्राक्टिकलका लागि उपयोग गर्न मन्त्रालयमा त्यसै थन्किएर बसेका थोत्रा गाडी दिइएको हो ।

थोत्रा गाडी जथाभावी त्यसै राख्दा मन्त्रालय नै कुरूप देखिएको थियो । पानी भिजेर कुहिएका र पार्टपुर्जासमेत काम नलाग्ने भएपछि ती थोत्रा गाडी सिटिईभिटीलाई दिन लागिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

सिटिइभिटीका अधिकारीहरुले शंकरापुर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीलाई प्राक्टिकल गर्न हुन्छ भनेर मागेपछि दिन लागिएको ती अधिकारीहरूको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com