डब्लुएचओ निगरानी

डब्लुएचओमा क्षमता र प्रतिभावान व्यक्तिले ठाउँ पाउदैनन्

डब्लुएचओमा तीन सय कर्मचारी तर, सरकारी कलेज पढेका करिब ७ प्रतिशत मात्रै


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालमा करिब तीन सय कर्मचारी आवद्ध छन् । डब्लुएचओमा आवद्ध कर्मचारीमध्ये ७ प्रतिशत मात्रै प्रतिभावान् । डब्लुएचओ नेपालमा आवद्ध उच्च अधिकारीहरुले बताएअनुसार नेपालमा पुग नपुग तीन सयको संख्यामा कर्मचारी छन् । ती कर्मचारी मध्ये ७ प्रतिशत मात्रै क्षमता र प्रतिभा भएका छन् ।
डब्लुएचओका अधिकारीहरुले बताएअनुसार ९३ प्रतिशत स्वास्थ्यकर्मी थोरै नम्बर ल्याएका कमजोर छन् । प्रतिभावान स्वास्थ्यकर्मीले पछिल्लो समय डब्लुएचओमा जागिर पाउँदैनन् । नेपालको डब्लुएचओमा व्याप्त मात्रामा राजनीतिक घुसेका कारण उनिहरुको दवावमा कर्मचारी भर्ति हुने गरेका छन् ।

नेपालको राम्रो कलेजमा शिक्षण अस्पताल महाराजगञ्ज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मानिन्छन् । यहाँ अध्ययन गरेका विद्यार्थी देश तथा विदेशमा सहजै बिक्दै आएका छन् । डब्लुएचओमा धरानमा अध्ययन गरेका १० र शिक्षण अस्पतालमा अध्ययन गरेका ५ गरी १५ जना स्वास्थ्यकर्मी आवद्ध भएको अधिकारीहरुले बताएका छन् ।

डब्लुएचओ नेपालमा अर्का एक अधिकारीले स्वास्थ्य लाइभसँग भने, ’नेपालमा भएका तीन सय स्वास्थ्यकर्मीमध्ये १५ जना स्वदेशका राम्रा मेडिकल कलेजमा अध्ययन गरेका छन् । बाँकी बंगलादेश, थाइल्याण्ड, इन्डोनेसीया, चीन, फिलिपिन्समा लगायतका देशमा पढेका छन् ।’,
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा सबैभन्दा बढी अर्थात कुनै बेला सतप्रतिशत विद्यार्थी यी नै देशका फेल हुने गरेका छन् ।

नेपालको डब्लुएचओ राजनीतिले ओतप्रोत भएको छ । डब्लुएचओ नेपाल प्रमुख डा राजेश समबाजीराव पाण्डव डब्लुएचओलाई चुस्त बनाउने भन्दा पनि नेता, मन्त्री र सचिवका मान्छे डब्लुएचओमा प्रवेश गराउँदै आएका छन् । उनी नेपाल आएको एक वर्षमा कुनै पनि उल्लेख्य काम गरेका छैनन् । साथीभाइ जम्मा पार्ने सम्बन्ध बिस्तार गर्ने र शारीरिक व्यायाम गर्नेबाहेक उनको कुनै उपलब्धि नेपालमा देखिएको छैन । क्षमतावानलाई पाखा लगाएर कमजोर क्षमता भएका व्यक्तिलाई डब्लुएचओमा धमाधम प्रवेश गराइरहेका छन् । अधिकारीहरुले बताएअनुसार डबलुएचओमा आवद्ध हुनेमा डाक्टर, पब्लिक हेल्थ प्रोफेसनल व्यक्ति छन् ।

कतिले योग्यताको लाइसेन्स लिएर जागिर खाएको छन यसको कुनै लेखाजोखा छैन । एक वर्षे एमपिएच गरेर आएकाले काम गरिरहेका छन् । एक वर्षे एमपिएचलाई नेपालमा मान्यता दिएको छैन । नेपालमा मान्यता पाउन दुई वर्षे एमपिएच चाहिन्छ ।

महामारी रोग विशेषज्ञ तथा इपिडिमियोलोजीका जानकार डा. बाबुराम मरासिनी नेपालको डब्लुएचओ राजनीतिले थिलथिलो भएको बताउँछन् । राजनीतिका कारण नेपालका टप विद्यार्थीले पाउनु पर्ने अवसर चीन, बंगलादेश, पिलिपिन्स जस्ता देशमा अध्ययन गरेर कम नम्बर ल्याएकाले पाएका छन् । डा मरासीनिले भने, ’विदेशमा गएर थोरै नम्बर ल्याएर पनि डाक्टर वा पब्लिक हेल्थ अध्ययन सकाएका छन् । उनिहरुले नेपालमा जागरिक पाउन निकै सकस छ । त्यसैले कम नम्बर ल्याउने र पैसा भएकालाई डब्लुएचओमा अवसर नै अवसर छ ।’, राजनीतिक दलका नेता, मन्त्री र सचिवसँग सम्बन्ध राम्रो बनाउँन पनि डब्लुएचओलाई उनिहरुका मान्छे राख्नुपर्ने बाध्यता छ ।

मरासीनिकाअनुसार विश्वमै डब्लुएचओको अस्तित्व खस्किदो क्रममा छ । यसको पछिल्लो उदाहरण ०७६ मा चीनमा देखिएको कोरोना संक्रमण हो । एक हप्तामा महामारी घोषणा गर्नुपर्नेमा डब्लुएचओले एक महिनापछि मात्रै गरेको थियो । यस्तो हुनुको पछाडि डब्लुएचओमा आवद्ध कर्मचारी क्षमता भन्दा पनि पावरमा प्रवेश गरेकाले हो । जसले समयमा निर्णय लिन सक्ने क्षमता राख्दैन ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ हेड अफिस जेनेभामा ६ हजार कर्मचारी छन् । धेरै पैसा पाउने भएकाले उच्चस्तरको पावरमा कमजोर व्यक्ति जान थालेका छन् । हेड अफिसमा आवद्ध प्रतिकर्मचारीले १२ हजार डलर महिनाको तलब खाने गर्छन् । बाहिरका मानिसहरुका लागि यो धेरै ठूलो रकम हो ।

डा मरासिनी विद्धान, अनुभवी व्यक्ति लिए डब्लुएचओ शक्तिशाली हुने बताउँछन् । तर, दिनदिनै राजनीतिक बढी भयो । उनले अघि थपे ’डब्लुएचओसँग म सन् १९९४ देखि संगत गर्दै आएको हुँ , विगतमा भन्दा अहिले फरक छ । दिर्घकालीन स्वास्थ्य योजना केही छैन । नीति मात्रै बनाएर हुँदैन ।’,

स्वास्थ्य लाइभले डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवलाई गत अगष्ट २० मा कर्मचारीको विवरण, उनीहरुले गर्ने काम, राजनीतिक रुपमा प्रवेश गराएका कर्मचारीको सूची, राजनीतिक बटालियन तयार पारेर सुराकीको रुपमा हिड्ने सुनूर वर्माको कारबाहीका बारेमा जवाफ माग गरेको थियो । तर, उनले त्यसको उत्तर दिन चाहेनन् । पुन दोस्रो पटक २३ अगष्टमा माग गरियो पाण्डवले यो समाचार तयार पार्दासम्म केही जवाफ फर्काएनन् ।

पाण्डवले सूचना नदिएपछि स्वास्थ्य लाइभले डब्लुएचओका विभिन्न कर्मचारीमार्फत जनशक्तिको संख्या र आवद्ध कर्मचारीले अध्ययन गरेका देशबाट जानकारी लिएको हो ।
डब्लुएचओ प्रमुख पाण्डवले नेपाललाई अहिले भारतीय दूतावासको सम्पर्क कार्यालय जस्तो बताएका छन् । अन्य देशमा स्वास्थ्य मन्त्रालयको एउटा कोठामा बसेर टेक्निकल सपोर्टमा मन्त्री सचिवसँग नियमित सम्पर्कमा रहने डब्लुआर नेपालमा भने गाउँ–गाउँमा भेष्ट बाँडेर हिडिरहेका छन् । उनको कार्यशैलीप्रतिसमेत आलोचना भइरहेको छ ।
नेपालमा रहेको डब्लुएचका अधिकारी र पावर र पहुँचका भरमा जागिर खानेहरूको विस्तृत विवरण विदेशस्थित डब्लुएचओमा रहेका उच्च अधिकारीबाट स्वास्थ्य लाइनले खोजी गरिरहेको छ । डब्लुएचओको गतिविधिको वास्ताविकता चिरफार गर्न स्वास्थ्य लाइभ निरन्तर प्रयासमा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com