मेडिकल टुरिजम विशेष बहस

अन्तर्राष्ट्रिय जगतमा रहेको बुद्धको क्रेजलाई बल पुर्‍याउन पनि लुम्बिनीमा प्रसूति सेवा चलाउनु पर्छ


लुम्बिनीमा एक सुविधा सम्पन्न प्रसूति तथा बाल अस्पताल बनाउने कुरा मैले विगत २०७१ सालदेखि उठाउँदै आएको छु । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा भाग लिन आएका सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुबीच लगानी भित्र्याउने सहमती भएको थियो ।

त्यसलाई आधार बनाएर मैले लगानी बोईसँग दुई पटक छलफल गरेँ । लुम्बिनीलाई कसरी मेडिकल टुरिजममा विकास गर्न सकिन्छ भनेर प्रपोजलसमेत लगानी बोर्डमा पेश गरेँ ।

लुम्बिनी र बुद्ध यी दुई नेपाली माटोसँग जोडिएका शब्द हुन, जसको नाम मात्रै लिँदा र बुद्ध भूमिमा टेक्दा बुद्धको केही छायाँ परेको भान हुन्छ । तर, उक्त प्रपोजल केही ठूलो भएको कुरा आयो र तत्काल अगाडि बढ्न सकेन ।

लुम्बिनी आफैंमा पर्यटकीय क्षेत्र हो । यहाँ बन्ने अस्पताल अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ । लुम्बिनीको अस्पतालमा सेवा लिएको बिरामीलाई रिफर गरेर काठमाडौं वा अन्य कुनै ठाउँमा लैजाने किसिमको हुनुहुँदैन । त्यस कारण बहु प्रयोजनको अस्पताल बनाउने तर, मुख्य फोकस आमा र बच्चाको क्षेत्रमा हुनुपर्छ ।

केही समय अगाडि मात्रै म श्रीलंका भ्रमणमा गएको थिए । त्यहाँको म्युजिएममा बुद्धको एउटा दाँत (धातु) प्रदर्शनमा राखिएको रहेछ । दाँत देखेपछि बुद्धप्रतिको क्रेज थप बढेको अनुभूति भयो । श्रीलंकाको टोलीसँग मैले दुई देशको सम्बन्धलाई थप फराकिलो बनाउँन संयुक्त काम गरौं भने । उनिहरु पनि त्यसमा राजी देखिए ।

एउटा बच्चा लुम्बिनीमा गएर जन्मायौँ भने त्यसको कति अंश बच्चामा पैदा हुन्छ विचार गर्न प्रस्ताव राखेँ । यो प्रस्तावलाई उनीहरु सहजै स्वीकार गरेका थिए । बुद्ध जन्मेको स्थान वरिपरी बच्चा जन्मियो भने सो बच्चाले केही न केही अंश बुद्धको पाउँछ भन्ने विश्वास छ । र त्यो अन्तर्राष्ट्रिय जगतमा दिन सक्नुपर्छ ।

हाल नेपालमा जन्मिएको बच्चालाई पासपोर्ट, बच्चा जन्मेपछि सम्बन्धित देशमा लैजान पाउने व्यवस्था सहज छैन । तर, लुम्बिनीलाई मेडिकल टुरिजमको हिसाबले अगाडि बढाउँदै गर्दा यो विषयलाई पहिला सहज बनाउनु पर्छ । त्यो प्रस्ताव पनि मैले लगानी बोर्डमा राखेको थिए । ढिलो चाँडो सरकारले यो व्यवस्थालाई सहज बनाउनु पर्छ ।

लगानी वाेडका अधिकारीसँग डा भाेला रिजाल, साथमा कांग्रेस नेता डा मिनेन्द्र रिजाल

साहित्य, संगित कलाको सुरुवात नै बुद्धिष्ट साथीहरुबाट भएको हो । म हिन्दु भएपनि मेरो सुरुवाती सँगत बुद्धिष्टहरुबाट भयो । मेरो सरकारी सेवाको पहिलो पोष्टिङ २०२९ सालमा लुम्बिनीमा भएको थियो ।

धेरै चासो दिएर दुई तीन दिनको फरकमा तौलिहवाबाट लुम्बिनी आउँथे । यही कारणले पनि लुम्बिनीप्रति मेरो लगाब बढी छ । त्यसैले लुम्बिनीमा एउटा सुविधा सम्पन्न प्रसूति अस्पताल बनाएर अन्तर्राष्ट्रियस्तरबाट नागरिकहरु सेवा लिन आउने बनाउँनु पर्छ ।

क्याटेगोरी : विचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ