भोजपुरबाट फर्किएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बिरामी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी भएका छन् । खुमलटार स्रोतकाअनुसार उनको स्वास्थ्यमा समस्या देखिएकाले निवासमै आराम गरिरहेका छन् ।

पार्टीको कार्यक्रममा भोजपुर गएका अध्यक्ष प्रचण्ड त्यहाँबाट आएलगत्तै बाहिर निस्कन नसक्ने अवस्थामा छन् ।  प्रचण्डको स्वास्थ्यमा समस्या भएका कारण महोत्तरी जाने कार्यक्रम पनि स्थगित गर्न भनिएको छ । उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ ।

प्रचण्ड स्वास्थ्य समस्या हुँदाहुँदै भोजपुरमा आयोजित वृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए । उनलाई भोजपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सुदन किराँती र पिएसओले समातेर मञ्चसम्म पुर्‍याएका थिए ।

भोजपुरबाट काठमाडौं आएलगत्तै प्रचण्डलाई निजी निवासमा चिकित्सकको निगरानीमा राखिएको खुमलटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com