लुम्बिनीमा मायादेवी मातृत्व अस्पताल उपयुक्त हुन्छ

मातृत्व रुट तयार पारी मायादेवीले बच्चा जन्माउन हिँडेको बाटो हुँदै गर्भवतीहरुलाई हिँडाउनु पर्छ


मायादेवीले बुद्ध जन्माएको स्थानमा बच्चा जन्माउँछु भन्नेहरु संसारभर छन् । लुम्बिनीमा मायादेवी मातृत्व अस्पताल बनाउँने जुन धेरै क्याची हुन्छ । सुरुमा बुद्ध पनि साधारण व्यक्ति हो ।

खेतमा लगाउने कुलोको पानीमा दुई पक्षबीच झगडा भएको थियो । झगडा पर्दा विपक्षीको समर्थनमा बुद्धले साथ दिए ।मायादेवी बच्चा जन्माउने बेलमा माइत बस्नका लागि लुम्बिनी आएकी थिईन । त्यस बेला बच्चा जन्माउन माइत आउने चलन थियो । कपिल्वस्तुबाट मायादेवी माइत देवदह आउँने क्रममा थिइन् । सायद उनलाई गाडा, घोडा वा हिँडाइ बढी भएको हुन सक्छ उनलाई बाटैमा बेथा लाग्यो ।

एक दमै कठिन भएपछि नजिकको रुखको हाँगामा समाएर आड लाग्दा बच्चा जन्मियो । बुद्धको जन्म यसरी भएको हो । अहिले विभिन्न खाले प्रपोगाण्डा भइरहेका छन् । बुद्ध जन्मनासाथ ४ पाईला हिँड्नु भयो । सबै भगवानहरु आए, बुद्धले टेकेको पाइलामा कमलको फुल निस्कियो यी सबै बुद्ध ठूलो भएपछि रचिएका कुरा हुन् ।

यसको यर्थाथ भनेको मायादेवी माइत जाँदा बाटामा बच्चा (बुद्ध) को जन्म भयो, पछि त्यो बुद्ध असाधारण भएपछि मनलाग्दी कथा बनेका हुन् । बुद्ध जन्मिदा राजकुमार थिए । बुद्धलाई युवराज भनिएको छैन । उनलाई राजकुमार भनिएको छ ।

कुलोको निहुँमा दुईथरी झगडामा उनले एक पक्षलाई समर्थन गरेका छन् । एउटा पक्षमा बोल्दा विपक्षीले उनलाई अर्राष्ट्रिय बनायो । आफ्नो राज्यको भन्दा विपक्षी राष्ट्रको दाबी ठिक थियो । बुद्धमा अनफेयर गर्नु हुदैन भन्ने परेपछि उनले विपक्षीको हितमा बोलेका थिए ।

विपक्षीको हितमा बोलेपछि सुद्धोधनलगायतले बुद्धलाई राजा हुने लिष्टबाटै निकाल्नुपर्छ भन्ने आवाज उठाए । बुद्धले आफुमाथि आरोप लाग्नासाथ फ्रस्टेशन भएर मलाई यो राज्य किन चाहियो भन्नेमा पुगेका थिए । कुलो एक तर्फीरुपमा मात्रै ल्याउने भन्ने हुँदैन मैले मानवताको फेयर गरेको हुँ । उनलाई चौतर्फी रुपमा आरोप लागेपछि बुद्ध ‘साईको’ हुन पुगे । चिन्ता गर्दागर्दै यस्तो देशमा फटाहासँग केही गर्नु छैन भन्नेमा उनि पुगेका हुन् ।

लुम्बिनीलाई स्याटलाइट एरिया बनाउँने हैन । लुम्बिनीमा आधुनिक वस्तु कम राखेर पौराणिक वस्तुलाई अगाडी ल्याउनु पर्छ । अस्पताल बनाउँदा पनि केहीदूरी पर बनाउँनु पर्छ । लुम्बिनीमा मायादेवी मातृत्व अस्पताल अस्पताल बनाउँन पाए संसारबाट महिलाहरु बच्चा जन्माउन लुम्बिनी आउँछन् । एक किसिमका मानिसहरु बुद्धप्रति अन्दभक्त छन् । मायादेवीले बच्चा जन्माएको ठाउँमा मेरो छोरा जन्माउँछु भन्ने विदेशीहरु थुप्रै छन् ।

श्रीलंका, थाइल्याण्ड, कोरियन, जापानीज र अफ्रिका तिरका नागरिकहरु छन् । यदी लुम्बिनीमा पौराणिक वस्तुलाई तयार पारेर प्रसूति अस्पताल बनाएको खण्डमा बच्चा जन्माउने धेरै गोराहरु हुन्छन् ।

लुम्बिनीमा मातृत्व रुट तयार पार्नुपर्छ । हामीले मायादेवीले बच्चा पाउँन हिडेको रुटबाट गर्भवतीहरुलाई हिडाउनु पर्छ । यो रुटमा ट्रेल बनाउँनु पर्छ । साइडमा गाडीहरु गुड्ने र एकातर्फ जसरी मायादेवी हिड्नु भयो त्यसैगरी हिँडाउने बनाउँनु पर्छ । जंगलमा बस्ने चौताराहरुको निमार्ण पौराणिक हिसाबको बनाउनु पर्छ । सहज प्रकारका बयलगाडाहरु राख्नुपर्छ । मायादेवी कसरी हिँड्नु भएको थियो, उनिहरुलाई बताइदिनु पर्छ । माउतेहरु, स्वास्थ्यकर्मीहरु विगतमा जस्तोगरी फेटा गुथेर पछिपछि हिँडाउनु पर्छ ।

कसैले गाडीमै हिड्न चाहन्छ भनेपनि त्यसको सुविधा हामीले दिनुपर्छ । तर, मुख्य भनेको जसरी मायादेवीले बुद्धलाई जन्मदीइन् त्यसैगरी विदेशीलाई यात्रा गराउँनुपर्छ ।

लुम्बिनीमा ध्यान र अस्पताल सँगसँगै

लुम्बिनीमा ध्यान र अस्पतालको पनि योजना अगाडि ल्याउनु पर्छ । धनीहरुले शान्ति खोजिरहेका हुन्छन् । मर्न खोजिरहेका हुन्छन् । उनिहरुलाई आउँन दिनुपर्छ । जीवनको अन्तिम समयमा नेपाल आउँन चाहान्छन् भने त्यसको व्यवस्थापन हामीले गर्न दिनुपर्छ । यसका लागि छुट्टै ध्यान, अस्पताल र नर्सिङको व्यवस्था गनुपर्छ । उनीहरुलाई दिनहुँ मायादेवीको क्षेत्रमा घुमाउने, ल्याउने गर्नुपर्छ । यसले धेरै मानिसहरुले रोजगारी पाउँनेछन् । राज्यले लुम्बिनीमा आएर बच्चा जन्माउनेहरुका लागि भिसाको व्यवस्था नहुने भनेर निर्णय गर्नुपर्छ । उनीहरुका लागि सीमित समय तोक्नुपर्छ ।

स्याटलाइट सिटी लुम्बिनीभित्र लैजाने कुरा ठिक हैन । अहिले गुम्बाहरु धेरै बनेका छन् । गुम्बामा बस्ने मानिसहरुमाथि प्रश्न उठ्न थालेका छन् । लुम्बिनीलाई व्यापारीक क्षेत्र बनाउनु हुँदैन । लुम्बिनीलाई व्यापारीक भन्दा पनि जंगलै जंगल बनाएर पौराणिक झल्को दिनुपर्छ । २० मिनेटको दूरीमा अस्पताल बनाउँनु पर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com