खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषता जसले ग्राहककाे ध्यान तान्याे


काठमाडौं । खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ ।

विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु आईरहेका छन् ।

नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् । द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउछँन् ।

रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनी बताउँछन् ।

नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com