आविष्कार केन्द्रद्वारा १० लाख डोज खोप अट्ने फ्रिजर हस्तान्तरण


काठमाडौं । १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अट्ने फ्रिजर राष्ट्रिय आविष्कार केन्द्रले दिएको छ । केन्द्रका प्रमुख महावीर पुनले व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीलाई उक्त फ्रिजर हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सेवा विभाग पुगेर पुनले १० लाख डोज फाइजर खोप अट्ने दुईवटा फ्रिजर दिएका छन् । एउटा फ्रिजरमा ५ सय लिटर अर्थात् ५ लाख डोज फाइजरको खोप अट्ने निर्देशक डा. मरासिनीले स्वास्थ्य लाइभलाई बताए ।

अमेरिकामा बस्ने नेपालीको सहयोगमा आविष्कार केन्द्रले दुईवटा फ्रिजर सरकारलाई दिएको उनको भनाइ छ । उक्त फ्रिजरमा माइनस ८६ डिग्री तापक्रममा भ्याक्सिन भण्डारण गर्न सकिने मरासिनीले जानकारी दिए ।

फाइजरको खोप राख्नमा लागि समस्या भइरहेको बेला फ्रिजर उपलब्ध गराएकोमा केन्द्रमा प्रमुख पुनलाई निर्देशक डा. मरासिनीले धन्यवादसमेत दिए ।

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com