भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएसँगै नेपाल खतरामा


काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतमा कोरोनाको नयाँ  ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएसँगै नेपालमा खतरा परेको छ । नेपाल-भारतबीच खुला सीमाना र आवतजावतमा कुनै रोकावट नभएकाले नेपाल पनि ओमिक्रोन भेरिएन्टको खतरामा परेको हो ।

भारतको कर्नाटक राज्यमा ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना संक्रमितमा ओमिक्रोन भरिएन्ट भेटिएपछि नेपालमासमेत तरंग पैदा भएको छ ।

नेपालमा पनि यो भेरिएन्ट फैलिन सक्ने भन्दै सरकारले हङकङ, दक्षिण अफ्रिका, नेदरल्यान्डसहितका नागरिकलाई नेपाल आउन रोक लगाएको छ । भारतमा ओमिक्रन देखापरेपछि नेपाल झन सतर्क हुनुपर्ने अवस्था आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com