सरकारी जागिरमा हुनुहुन्छ ? अब राजनीतिमा होइन काममा लाग्नुहोस्


काठमाडौं । उच्च अदालत पाटनले सरकारी तथा सार्वजनिक सेवामा रहेकालाई राजनीतिमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

न्यायाधीशहरु माधवप्रसाद पोखरेल र नीलम पौडेलको संयुक्त इजलासले सरकारी सेवामा रहेका राजनीतिमा भाग लिने निषेध गरेको हो । एमाले महाधिवेशनमा भाग लिने स्वास्थ्यकर्मी भवानी दाहाला, झलक शर्मा गौतममाथि पनि उच्च अदालत पाटनको यो आदेश आकर्षित हुने देखिन्छ ।
अदालतले कानूनको उल्लंघन गर्नेलाई कारबाही गर्न पनि अन्तरिम आदेश दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, निजामती सेवा ऐन, शिक्षा ऐन लगायत सरकारी सेवामा संलग्न हुने कर्मचारी सम्बन्धी विभिन्न ऐन लगायत राजनीतिक दलहरुले पारित गरेका विधानहरुमा पनि सार्वजनिक पदमा बहाल रहेकाहरुले राजनीतिमा भाग लिन नपाउने प्रावधान रहेको पाईन्छ । कानूनमा भएका व्यवस्थाहरु कार्यान्वयनमा आउनुपर्ने, कानून विपतिरको काम कसैले गरेमा नियामक निकायले कानून बमोजिम गर्न लगाउनुपर्ने, कानून उल्लंघन गर्नेलाई दण्डित गरी यथावत कानून परिपालना गराउन सम्बन्धित निकाय क्रियाशील हुनुपर्ने कुरालाई अनिवार्य दृष्टिगत गरी कानूनको परिपालना गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको हो ।

यो आदेशसँगै पढाउन छाडेर राजनीतिमा लाग्ने शिक्षक र बिरामीलाई अलपत्र पारेर नेतागिरी गर्ने स्वास्थ्यकर्मी ठेगानमा आउने भएका हुन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ