डाक्टरबाट नेता बनेकी अलविरा भन्छिन्,  ‘यो युथलाई प्रमोशन गर्ने औषधि हो’,


काठमाडौं । २४ वर्षीय डाक्टर अलविरा खानको आजबाट पहिचान फेरिएको छ । डाक्टरसा’ब, नमस्कार भनेर सम्बोधन गर्ने अलविरालाई आजबाट नेता जी जय नेपाल भन्न थालेका छन् ।

मुस्लिम महिलाको कोटाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित डा. अलविराले स्वास्थ्य लाइभसँगको कुराकानीमा आफ्नो जितले कांग्रेसको राजनीतिमा युवालाई प्रोत्साहन मिलेको बताइन् । फोन उठाउँनेबित्तिकै अलविराले जय नेपाल भनेर सम्बोधन गर्न थालेकी छिन् ।

उनी प्रतिस्पर्धी भन्दा दोब्बर मत ल्याएर कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएकी हुन् । अब चिकित्सकको भूमिकासँगै राजनीतिलाई अगाडि बढाउने डा. अलविराको भनाई छ ।

१८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएको स्वास्थ्य लाइभसँग बताउँदै उनले आफ्नो जितले कांग्रेसमा युथलाई प्रमोशन गर्ने औषधिका रूपमा काम गर्ने दाबी गरिन् ।

अमरसिंह पुनको प्यानलबाट कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित डा. अलविरा आफू बाबु अंकित मियाको प्रेरणाबाट  राजनीतिमा लागेको सुनाउँछिन् । बिरामीको रोगलाई उपचार गरेर ठिक पारे जस्तै राजनीतिमा देखिएको वेथितिलाई पनि उपचार गरेर सही ठाउँमा हिँडाउने डा. अलविराको अठोट छ ।  आफ्नो जित चिकित्सक पनि राजनीतिमा अब्बल छन् भनेर प्रमाणित गर्ने अवसर भएको स्वास्थ्य लाइभसँग उनको प्रतिक्रिया छ ।

कपिलवस्तु-३ को प्रदेश सभा (ख)बाट प्रतिनिधि भएर डा. अलविरा लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।  प्रदेश सदस्यमा निर्वाचित भएसँगै आजबाट उनको पहिचान पनि फेरिएको छ ।

अलविराले प्रतिस्पर्धी जुन्नतुन निशा धनियालाई पराजित गरेर राजनीतिमा स्थापित भएकी हन् । डा. अलविरा कांग्रेस प्रदेश समितिको सबैभन्दा कान्छी सदस्यसमेत बनेकी छिन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com