मणिपाल मेडिकल कलेजविरूद्ध विद्यार्थी संघर्षको धावा


काठमाडौं । मणिपाल मेडिकल कलेजविरूद्ध विद्यार्थी संघर्षको धावा बोलेको छ । मणिपालले विद्यार्थी हरूसँग अतिरिक्त शुल्क असुलेको भन्दै नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसन र फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्सले संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनको घोषणा गरेको हो । ‘मणिपाल मेडिकल कलेजले भर्खरै भर्ना भएका MBBS/BDS विद्यार्थीलाई अनावश्यक रुपमा अतिरिक्त शूल्क साथै सुरक्षा निक्षेपका (Security Deposit) दुई लाख रुपैयाँ मागेको र पैसा कमाउनका लागि अनिवार्य होस्टेलमा राख्न बाध्य पारिएको जानकारीमा आएको छ, जुन गैरकानुनी अवैध र लुट हो ।’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

देशभरि बाट नै विद्यार्थीहरु बाट अतिरिक्त शुल्क उठाउने व्यवस्था हटाउदै गएको हुँदा पनि बारम्बार विभिन्न अवैध रुपमा अत्याधिक शूल्क वृद्घि गर्ने कार्य भइरहेको फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्स अध्यक्ष नरेश भट्टले स्वास्थ्य लाइभलाई बताए । उनले विद्यार्थीहरुको अहितमा रहेको यस्ता अन्यायपूर्ण कार्यको घोर भर्त्सनासमेत गरिएको जनाए ।

‘यसरी मेडिकल विद्यार्थीहरुलाई सुरुवातमा नै शोषण गर्ने र जायज मागलाई अनाहकमा दबाउने खेल भइनै आएको र हामी परिणाम आउने गरी लड्दै पनि आएका छौँ ।’,  ‘यस्तो शोषण कार्य विरुद्घ हामी धावा बोल्दै यस विज्ञप्ति जारी गर्दछौँ ।’, विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ र यस्तै अन्यायपूर्ण कार्य नरोकेमा उक्त मेडिकल कलेजको सम्पूर्ण गतिविधिमा रोक लगाई कडा रुपमा अगाडि बढ्ने छौँ भन्दै भट्ट र सुजन कडेरियाले हस्ताक्षर गरेको विज्ञप्ति जारी भएको छ ।

मेडिकल पढ्ने विद्यार्थीबाट विभिन्न नाममा अतिरिक्त शूल्क मागिएको कुरा नयाँ नभएको र यस्तै लुट प्रवृतिकोविरुद्घ विभिन्न समयमा धेरै तहका आन्दोलन र सङ्घर्षहरु भइसकेको उनीहरूको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार मात्र शूल्क लिन पाइने व्यवस्था रहेको बताउँदै यस्तो लुट प्रवृति तथा अनैतिक, गैरकानुनी, अन्यायपूर्ण,  अत्याचारपूर्णविरुद्घ कडा कदम चाल्ने उनीहरूल चेतावनी दिए । मेडिकल कलेजको यस्तो वद्मासीको विषयमा सम्पूर्ण चिकित्सा शिक्षा विद्यार्थी संगठन आपत्ति प्रकट गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com