नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले के गर्न मिल्छ ?


काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनसरोकारका लागि सूचना जारी गरेको छ ।

स्थापनाकालदेखि एलोपेथिक र दन्त चिकित्सक, नर्सिङ, फार्मेसी र आयुर्वेदिक विधाबाहेकका अन्य चिकित्सक र स्वास्थ्य सम्बन्धीका सम्पूर्ण विषयहरु पनि स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुँदै आएको जनाइएको छ ।

परिषद्ले दिएको टिप्स 

स्वास्थ्य संस्थाको काम गर्ने स्वास्थ्यकर्मी सम्बन्धित परिषद्‌मा अनिवार्य दर्ता हुनु पर्ने कानुनमा उल्लेख छ । परिषद्ले कुनै पनि विश्वविद्यालय र ससीटीईभीटीबाट प्राप्त डिग्रीलाई मात्र मान्यता दिन मिल्छ ।

विदेशमा अध्ययन गरेकाको हकमा त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीबाट समकक्षयता प्राप्त डिग्रीलाई र परिषद्को मापदण्डमा परेकालाई मात्र मान्यता दिन मिल्छ । कुनै पनि काउन्सिल वा परिषद्ले कुनै पनि विषयको उपाधि दिन ऐन, नियमअनुसार मिल्दैन ।

एउटा परिषद्‌मा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई सोही परिषद्को ऐन, नियमअनुसार हुन्छ अन्य निकायले पावन्दी र निर्देशन दिन मिल्दैन ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com