कुन-कुन सवारीमा हट्यो जोरबिजोर प्रणाली ?


काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को बैठकले सवारी साधन लगाएको जोरबिजोर प्रणालीमा पुनरावलोकन गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय रेग्मीकाअनुसार ट्याक्सी, दुई पाङ्ग्रे निजी सवारी साधनबाहेकमा लगाईएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ । माघ १४ देखि लागू हुने गरी ट्याम्पो, माइक्रोलगायतका सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको गरेको हो ।

माघ ७ गतेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि यो निर्णय गर्ने उपत्यकाका सिडिओहरुको चर्को आलोचना हुँदै आएको थियो । आलोचनाकैबीच केही सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ भने निजी, दुई पाङ्ग्रे र ट्याक्सीलगायतमा अझै जोरबिजोर प्रणाली लागू छ । जोरबिजोर प्रणालीले कोभिड-१९ नियन्त्रण तथा रोकथाममा के सहयोग गर्छ भन्ने विषयमा भने निर्णय गर्ने सिडिओहरुलाई नै थाहा छैन ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com