उपत्यकामा जोरबिजोर हट्याे, सीडीओको आदेश आउँदै


काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ को कारण देखाउँदै निजी तथा ट्याकसीमा लगाइएको जोरबिजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरिसकेको छ । सीडीओले जोरबिजोर प्रणाली हटाएको आदेश जारी गर्न  तयारी गरेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका एक अधिकारीले स्वास्थ्य लाइभलाई जानकार दिए ।

सीसीएमसीसीको सिफारिसअनुसार जोरबिजार हटाइएकाे  ती अधिकारीहरुको भनाई छ।  १४ माघ बाट जाेरबिजाेर प्रणाली खुकुलो बनाइए पनि ट्याक्सी र निजी सवारीसाधनमा जोरबिजोर कायमै थियो । आजको सीडीओहरुको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । जोरबिजोर प्रणाली हटाएको भनेर सीडीओ कार्यालयले सूचना जारी गर्ने तयारी गरेको छ । 

क्याटेगोरी : मेडिकल शिक्षा, विविध
ट्याग : #काठमाडौं उपत्यका, #जोरबिजोर प्रणाली, #सीडीओ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com