स्वास्थ्यमन्त्री खतिवडा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले २४ लाख खोपसहित स्वास्थ्य मन्त्रालयमा पुगेर खतिवडासँग शिष्टाचार भेट गरेकी हुन् ।

उनले मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारकातर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण समेत गरेकी छिन् । भेटघाट कार्यक्रममा नेपालकातर्फबाट  स्वास्थ्यमन्त्री खतिवडासहित स्वास्थ्य सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बेलायती राजदूतसहितको प्रतिनिधि मण्डलसँगको भेटमा स्वास्थ्य मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय बर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरेकी मन्त्रीको सचिवालयले जनाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #प्रवक्ता डा. संगिता मिश्रा, #बेलायती राजदूत निकोला पोलिट, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल, #स्वास्थ्यमन्त्री खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com