श्रमिक अस्पताल बन्ने बाटो खुल्यो, ग्लोवल फण्डमा स्वास्थ्य सचिवलाई अख्तियारी


काठमाडौं । सरकारले श्रमिक अस्पताल बनाउने बाटो खोलिदिएको छ ।

मन्त्रिपरिषद्को बैठकले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रम मन्त्रालयलाई श्रमिक अस्पताल बनाउने बाटो खोलिदिएको हो । सेनाको अस्पताल, प्रहरीको अस्पताल, निजामती कर्मचारीको अस्पताल, शिक्षकको अस्पताल हुँदै अब नेपालमा श्रमिकका लागि पनि छुट्टै अस्पताल बन्ने भएको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले ग्लोवल फण्डको एड्स, क्षयरोग, मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन्२०२१-२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । ग्लोवल फण्डको उक्त कार्यक्रमको त्रिपक्षीय सम्झौता यसअघि नै भइसकेको छ । कार्यान्वयनको बाटो पनि मन्त्रिपरिषद्ले खोलिदिएको हो ।

मन्त्रिपरिषद्‌को बैठकले औषधि दर्ता( चौथो संशोधन) नियमावली,२०७८ र नेपाल मेडिकल काउन्सिल ( पाँचौ संशोधन ) नियमावली, २०७८ पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रमिक अस्पताल स्थापना, ग्लोवल फण्ड परियोजनाको त्रिपक्षीय सम्झौतादेखि नियमावली स्वीकृतिसम्म जानकारी गराएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ग्लोवल फण्ड, #ज्ञानेन्द्र बहादुर कार्की, #श्रमिक अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com