धार्मिक कार्यक्रममा भोट मागेको भन्दै दुर्गा प्रसाईमाथि झन्डै आक्रमण


काठमाडौं । झापाको एक धार्मिक कार्यक्रममा भोट मागेको भन्दै बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि आक्रमणको प्रयास भएको छ ।

एमाले नेता समेत रहेका प्रसाईले धार्मिक कार्यक्रममा गएर अस्पतालमा उपचार सहयोग गर्ने भाषण गरेपछि उनकोविरुद्धमा हुटिङ भएको भिडिओमा देखिन्छ । उनले गुरुलाई साक्षी राखेर तपाईंहरुको छोरी चेलीलाई बिबाह गर्न रोकियो भने दुर्गा प्रसाईको ढोका खुला रहेको अभिव्यक्ति दिएका छन् । औषधि उपचारमा पनि सहयोग गर्न आफू तयार रहेको उनले बताएका छन् ।

प्रसाईले भाषण गर्न थालेपछि भोट मागेको भन्दै उनलाई रोक्ने प्रयास गरेको देखिन्छ । प्रसाईले भने भोट होइन अस्पतालको कुरा गर्न खोजेको भनेका छन् । त्यसपछि मञ्चमा बसिरहेका मान्छेहरू उठेर उनीमाथि जाइलागेको भिडिओमा देखिन्छ । मान्छे उठेर आउन थालेपछि भाषण गर्न छोडेर प्रसाई कुर्सीमा गएर बसेका छन् । तर पनि उनीमाथि मान्छेहरूले आक्रोश पोखिरहेका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## आक्रमण, #झापा, #दुर्गा प्रसाइ, #भोट एमाले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com