लागुऔषध प्रयोगकर्तालाई अपराधी हैन सामान्य बिरामीको रुपमा हेर्न सम्बन्धित अगुवाहरुको आग्रह 


पोखरा ।  लागुऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा नभइ एक बिमारीको रुपमा हेर्न सम्बन्धित क्षेत्रका अधिकारीहरुले आग्रह गरेका छन् । रिकभरीङ नेपालले मंगलबार पोखरामा आयोजना गरेको मिडिया क्याम्पेनिङ एण्ड एड्भोकेसी अन ल रिफम विषायक कार्यक्रममा बोल्ने वक्ताहरुले लागुऔषध प्रयोगकर्तालाई अपराधी हैन बिरामीको रुपमा हेर्न आग्रह गरेका हुन् ।

लागुऔषध प्रयोगकर्ता एक बिरामी जस्तै रहेकाले उनीहरुलाई सहयोग गरि समाजमा घुलमिल हुने वातावरण सिर्जना गर्न समेत उनीहरुले माग गरेका छन् । उनीहरुले लागुऔषध ऐनलाई समय सापेक्ष बनाउन पनि माग गरेका छन् ।

नेपालमा झण्डै ४३ वर्ष अगाडि बनेको लागुऔषध ऐन, २०३५ कार्यान्वयनमा रहेकाले यसलाई परिमार्जन गरि समय सापेक्ष बनाउन उनीहरुले माग गरेका छन् । नेपालले विश्वका विभिन्न फोरमहरुमा लागुऔषध सम्बन्धी नयाँ-नयाँ घोषणापत्रहरुमा सम्झौता गरेपनि देशमा भने ४३ वर्ष अघि तयार भएको एनेलाई संशोधन नगरेको उनीहरुको भनाई छ ।

कार्यक्रममा रिकभरीङ नेपालका अध्यक्ष विकास बरुवालले नेपाल सरकारले राष्ट्रिय, अन्तर्राष्ट्रिय लागुऔषध सम्बन्धी विभिन्न घोषणा पत्रहरुमा हस्ताक्षर गरेपनि देशमा भने ४३ वर्ष अघी बनेको ऐन कार्यान्वयन गरिरहेको बताए । समय सापेक्ष रुपमा ऐन संसोधन नहुँदा लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरी प्रशासनले निर्ममतापूर्वक ज्यादती गरेको उनको भनाइ छ ।

लागुऔषध प्रयोग गर्नु राम्रो काम हैन तर प्रयोग गर्नेहरुलाई समाजले राम्रो नजरले हेरी समाजमा घुलमिल हुने वातावरण सुजना गरी कुलतबाट बाहिर निकाल्न सहयोग पुग्ने गरि कानुन बनाउन उनले माग गरे । यसका लागि आफूहरू जस्तै संघ , संस्था सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै कुनै पनि ऐन कानुन बनाउदा सरोकारबालाहरुलाई समेत सहभागी गराउन बरुवालको आग्रह थियो । ‘समाजमा हाल गाँजा र रक्सीलाई सामान्य रुपमा लिने गरिएको छ जसबाट समाजमा धेरै समस्या आएका छन्’, उनले भने, ‘हामी कुनै पनि कुरालाई सुरुमा सामान्य रुपमा लिन्छौ जब गम्भीर अवस्थामा पुग्छ तब मात्र उपचारको खोजीमा लाग्ने गरेका छौँ।’, उनले गम्भीर अवस्थामा पुग्ने वातावरण सृजना हुन नदिन सबै सचेत हुन आवश्यक रहेको बताए ।

रिकभरीङ नेपालका कार्यक्रम संयोजक देवेन्द्र गुरुङले नेपालमा प्रत्येक वर्ष ११ दशमलब ३६ प्रतिशतका दरले लागुऔषध प्रयोग कत्र्ताहरुको संख्या बढदै गएको जानकारी दिए । ०६३ सालमा ४६ हजार, ६९ सालमा ९१ हजार र ०७६ सालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या एक लाख ३० हजार पुगेको उनको भनाई थियो । जस्मा गाजाँ जन्य लागुऔषध प्रयोग गर्नेको संख्या ८४ प्रतिशत रहेको बताए ।

लागुऔषध प्रयोगकर्तालाई दण्डको रुपमा कारावास सजायको विकल्पमा सुधारगृहमा राख्नुपर्ने उनको माग छ । लागुऔषध प्रयोगकर्तालाई प्रहरीले अप्ठ्यारोमा पार्ने, गालीगलौच गर्ने, कुटपिट गर्ने गरेको उनीहरुले बताउँदै नेपालको फौजदारी न्याय प्रणाली नै फेर्नुपर्ने उनले बताए । विश्वव्यापीरुपमा लागुऔषध सेवनकर्तालाई ‘प्रोबेसन’ लगायत सुविधा दिइने गरेको र सुधारगृहमा राखेर उनीहरुलाई सामान्य जीवनमा फर्काइने अभ्यास छ ।

सिएसजीका सन्तोष गुरुङले लागुऔषध प्रयोगकर्ताहरु भनेका आज प्रयोग गर्छन् तर भोलि समाजमा अभियान्ता बनेर आएका धेरै उदाहरण रहेकाले उनीहरुलाई प्रहरीले ठूलो अपराधीको रुपमा नभइ दण्डको ठाँउमा सहयोग गरि कुलतबाट निस्कने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । लागुऔषध प्रयोग गर्दा हुने असवाधानीका कारण एचआईभी संक्रमण बढ्दै गएको उनले जानकारी दिए । अन्य दीर्घरोगीलाई जस्तै एचआइभी संक्रमितलाई मासिक पाँच हजारको व्यवस्था गर्न, नागरिकता नभएकाले समेत उपचार सेवा पाउनुपर्ने, नि:शुल्क शिक्षा र स्वास्थ्यको सुनिस्चितता, एचआईभी विधेयक अविलम्ब पारित गर्नुपर्ने, स्थानीय सरकारले आ आफनो एचआईभी नीति तर्जुमा गर्नुपर्ने माग उनको थियो ।

राष्ट्रिय एचआईभी महासंघका केन्द्रीय सदस्य समेत रहेका पूर्व लागुऔषध प्रयोगकर्ता एंव एचआईभी संक्रमित मनोज गुरुङले लागु प्रदार्थ प्रयोगकर्ताहरूको संख्या शून्यमा कहिल्यै नझर्ने बताए । प्रयोगकर्ताहरुको संख्या घट्दै जानुको साटो रुपान्तरण भएर आएको भन्दै हिजो गाँजा थियो आज सुईमार्फत प्रयोग गर्नेहरु रहेको बताए । उनीहरुलाई राज्यले उचित व्यवस्थापन गदै संख्या न्यूनिकरण गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । नीति नियम बनाउदा अनुभव गरेकाहरुलाई समावेश गरि अघी बढ्दा कार्यान्वयन गर्न सजिलो हुने उनको भनाई थियो । असुरक्षित तरिकाले लागुऔषध प्रयोग गरेका कारण आफू संक्रमित हुन पुगेको उनले बताए । संक्रमितहरुलाई समयमै उचित परामर्श आवश्यक रहेको गुरुङको भनाइ छ ।

गोरेटो नेपालका अध्यक्ष विमला गुरुङले हाल रक्सी र गाँजा सेवन गर्ने महिलाहरुको संख्या बढेको जानकारी दिईन । घरमा सौतेनी आमा, आमाले सानोमा छाडेर गएका र सानै घर छाडेर आएकाहरु बढी मात्रामा रक्सी र गाँजा सेबन सँगै यौन कर्ममा लागेको उनले बताईन् । घर छाडेर आएकाहरुका लागि वैकल्पिक आय आर्जनको बाटो नहुँदा उनीहरु यौन कर्ममा लागेको उनको भनाइ छ । महिला यौनकर्मीहरुलाई नागरिकता, बीमा, स्वास्थ्य उपचार, यौन कर्मी महिलाहरुको कानुन निमार्णको हरेक तहमा पहुँचको सुनिस्चितता गर्न उनको माग छ ।

नौलो बिहानीका रजनी खड्काले रोजगारी नपाएका कारण यौनकर्मीहरुको संख्या बढ्दै गएको बताईन् । हिंसाका कारण समेत यौनकमीर्हरुको संख्या बढेकाले जबसम्म समाजलाई हिंसा मुक्त र स्वस्थ समाज निमार्ण हुँदैन तबसम्म यौनकर्मीहरुको संख्या नघट्ने उनको भनाई थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #यौनकर्मी, #रिकोभरी नेपाल, #लागुऔषध, #सुधारगृह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com