वायुसेवा निगमका अध्यक्ष अधिकारीले कर्मचारी बेहोस ‘बनाएर’ अस्पताल लगे  


काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारी बेहोस ‘बनाएर’ अस्पताल पुर्‍याएका छन् ।

निगम उच्च स्रोतका अनुसार उनले कर्मचारीलाई आफ्नै कार्यकक्षमा बोलाएर यातना दिएपछि निगमकै कर्मचारी देवराज ओझा बेहोस भएका हुन् ।  बेहोस भएपछि अध्यक्ष अधिकारीले हतार हतार आफ्नै गाडीमा हालेर काठमाडौं मोडल अस्पतालमा भर्ना गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूलाई स्पष्टीकरण सोधेको सूचना चुहाएको आरोपमा अध्यक्ष अधिकारीले ओझालाई निरन्तर यातना दिँदै आएको कर्मचारीहरुको आरोप छ । रियाद उडानमा महेश बस्नेतसहित असम्बन्धित मान्छे लगेको विषयमा पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण मागेका थिए । त्यो विषय विभिन्न मिडियामा सार्वजनिक भएपछि अधिकारी कृद्ध बनेका थिए । त्यसैले उनले ओझालाई आफ्नै कार्यकक्षमा बोलाएर पटकपटक यातना दिने गरेको आरोप लागेको छ ।

ओझाले आफूविरुद्धको समाचार सेयर गरेको भन्दै अध्यक्ष अधिकारीले सूचना ‘लिक’ गराउने यही हो भन्दै धम्की दिने गरेको निगमका अधिकारीहरू सुनाउँछन् । अध्यक्ष अधिकारीले आज बेहोस नै हुने गरी उनीमाथि यातना दिएकाले अस्पतालनै भर्ना गर्नु पर्ने अवस्था आएको छ । पछिल्लो समय निगमका अध्यक्ष अधिकारीले निगमभित्र आतंक मच्चाउन थालेको चर्चा छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #अस्पताल भर्ना, #कर्मचारी भर्ना, #काठमाडौं मोडल अस्पताल, #देवराज ओझा, #नेपाल वायुसेवा निगम, #युवराज अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com