केशव स्थापितमाथि लागेको मिटू आरोपमा दुर्गा प्रसाईको भद्दा मजाक


काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका केशव स्थापितमाथि लागेको मिटू आरोपकोबारेमा दुर्गा प्रसाईको भद्दा मजाक गरेका छन् ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै मेडिकल व्यवसायी प्रसाईले मिटूको आरोपमा भद्दा मजाक गरेका हुन् । काठमाडौं महानगरपालिकाको तत्कालीन मेयर स्थापितले महिलाहरुमाथि नाजायज सम्बन्ध राख्न खोजेको विषय अहिले चर्चामा छ ।

काठमाडौं महानगरपालिकाकी तत्कालीन कर्मचारी रश्मिला प्रजापतिले मेयरका उम्मेदवार स्थापितमाथि मिटूको आरोप लगाउँदै आएकी थिइन् । यो विषयमा उनले अराजक अभिव्यक्ति दिँदै आएका छन् । स्थापितलाई पनि माथ खुवाउने गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईले मिटूमाथि भद्दा टिप्पणी गरेका हुन् ।

नेकपा एमालेका नेता समेत रहेका प्रसाईले सार्वजनिक कार्यक्रममा बोल्दै मिटू भनेको नाइस टू मिट यू हो भन्दै खिल्ली उडाएका छन् ।  ‘पहिलादेखिका केटीको काण्ड लगाइरहेका छन् । के यहाँ मिटू भएको छैन र संसारमा यो संसार मिटू नभएको देश हो र ? ह मिटू भनेको के हो भने नाइस टू मिट यू मन मिल्यो सकियो नाइस टू मिट यू हैन मन मिलेन मिलेन हैन… अब कुरो के हो … कुरो त्यहि हो नी’, प्रसाईले सार्वजनिक रुपमा भनेका छन् ।

मेडिकल व्यवसायी प्रसाईले काठमाडौं महानगरको मेयरका विवादित  उम्मेदवार केशव स्थापितको सार्वजनिक रुपमै बचाउ गर्दै मिटूको आरोपमाथि भद्दा मजाक गरेको पाइन्छ ।

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा
ट्याग : #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #दूर्गा प्रसाई, #नाइस टू मिट यू, #नेकपा एमाले, #मिटू, #मेडिकल व्यवसायी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com