एउटा प्रदेशमा दुईवटा मेडिकल कलेज अनिवार्य

डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने


काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष२०७९/०८० को नीति तथा कार्यक्रममा एउटा प्रदेशमा कम्तिमा पनि दुईवटा मेडिकल कलेज/ प्रतिष्ठान स्थापना गर्ने नीति लिएको छ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रदेशस्तरमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने माग राख्दै आएका थिए । केसीको मागलाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/ प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सरकारले नीति लिएको छ । उपत्यकाबाहिर सरकारी मेडिकल कलेज स्थापना गर्न यो नीतिले बाटो खुला गरेको छ ।

सदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने भएको छ । डडेल्धुरामा सरकारी मेडिकल कलेज सञ्चालनमा ल्याउनु पर्ने भनेर पटकपटक अनसन बसेका डा. केसीको मागलाई सम्बोधन हुने गरी सरकारले सदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने भएको हो ।

गेटा मेडिकल कलेज र डडेल्धुरामा सरकारी मेडिकल कलेज सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशमा २ वटा मेडिकल कलेज हुनेछ ।

चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताको आधारमा विद्यार्थीसंख्याको बृद्धि गरिने सरकारले नीति लिएको छ । मापदण्ड पुगेको मेडिकल कलेजमा विद्यार्थीसंख्याको बृद्धि गर्ने यो नीतिको उद्देश्य देखिन्छ ।

 

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com