वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीलाई बर्खास्त गर्ने कुरा ७ दिनभित्र टुंगो लाग्ने


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई हटाउने विषय ७ दिनभित्र टुंगो लाग्ने भएको छ ।

किर्ते प्राध्यापक गिरीलाई बर्खास्त गर्न बाटो खोल्नु पर्ने माग दावीसहित परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र निर्णय दिने आदेश गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा समेतको छानबिन प्रतिवेदन, २०७८ कार्यान्वयन गर्न डा. प्रकाशकुमार पराजुलीले हालेको रिटको सुनवाई गर्दै प्रतिवेदन झिकाई ७ दिनभित्र पेश गर्न आदेश दिएको छ । उक्त प्रतिवेदनमा वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीको प्राध्यापकको उपाधि किर्ते रहेको, जाँड /रक्सी खाएर कार्यालय आएको, अनियमितता र आचरणविपरीत काम गरेकाले बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सर्वोच्च अदालतले प्रतिवेदन झिकाएर ७ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले बाटो खुला गर्न साथ वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक डा. गिरीको जागिर चैट हुने प्रवल सम्भावना छ । सर्वोच्च अदालतले प्राध्यापकको नक्कली ओहोदा देखाएको अभियोगमा उनीमाथि भ्रष्टाचार मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिन सक्छ ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## अख्तियार, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #सर्वोच्च अदालत, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com