वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति गिरीमाथि कारबाहीबारे अख्तियारसँग फेरि सूचना मागियो


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीमाथि परेको उजुरीमा भइरहेको कारबाहीबारे अख्तियारसँग फेरि सूचना मागिएको छ ।

शशि बिक्रम कार्कीले सूचनाको हकसम्बन्धी कानुनमा टेकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीमाथि भइरहेको कारबाहीबारे सूचना मागेका छन् ।

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको ‘प्राध्यापक’ पदको दुरुपयोग गरेकोबारे यस आयोगमा परेको उजुरीको कारबाही कहाँ पुगेको छ ? सो को पूर्ण विवरण उपलब्ध गराइदिन उनले अनुरोध गरेका छन् । कार्कीले यस विषयमा मिति २०७८ असार ११ गते मिति २०७८ पुष २९ गते दुईपटक “प्राध्यापक” पदको दुरूपयोग गरेको प्रमाणसहित उजुरी गरेकाे व्यहोरा समेत स्मरण गराएका छन् ।

आयोगबाट कुनै कारबाही अगाडि नबढेपछि सोही विषयमा उनले अख्तियारमा तेस्रोपटक सूचना मागेका हुन् ।

‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति ‘प्राध्यापक’ पदको दुरुपयोग गरेको प्रयाप्त प्रमाणहरू प्रमुख समाचार माध्यमहरूबाट प्रसारण र प्रकाशन भै सक्दा पनि र म निवेदक पनि उजुरी पत्रका साथमा प्रमाणहरूसहित बुझाउदा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले के कति कारणले कानुन बमोजिमको आवश्यक कारबाही अगाडि बढाउन ढिला सुस्ती भएको हो ? ढिला सुस्ती हुनुको कारणहरु खुलाइ प्रमुख आयुक्तज्यूले सूचना अधिकारीमार्फत बुँदागत रुपमा लिखित जानकारी गराइदिनु हुन हार्दिक अनुरोध छ ।’ कार्कीले मागेको सूचनामा उल्लेख छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाउनुपर्ने किर्ते प्राध्यापक गिरीमाथि अहिलेसम्म मुद्दा नचलाएको भन्दै अख्तियारको आलोचना हुन थालेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com