लेनदेनमा मुछिएका दिल्लीका स्वास्थ्यमन्त्री समातिए, ओम्नी काण्डमा मुछिएका नेपालमा खुलेआम !


समाचार टिप्पणी

काठमाडौं । भारतको कोलकताको एक निजी कम्पनीसँग आर्थिक लेनदेन गरेको आरोपमा दिल्ली सरकारका स्वास्थ्य स्वास्थ्यमन्त्री सत्येन्द्र जैन समातिएका छन् ।

अरविन्द केजरीवाल नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् । भारतको सीबीआईले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो । त्यहीँ मुद्दामा उनी पक्राउ परेका हुन् ।

नेपालमा पनि मेडिकल सामग्री खरिद गर्दा ओम्नी समूहसँग मिलेमतो गरेको आरोप लागेका तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल खुलेआम हिँड्ने गरेका छन् । संसदको सार्वजनिक लेखा समितिले मेडिकल सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै  तत्कालीन स्वास्थ्यमन्त्री ढकालसहितका जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न अख्तियारलाई निर्देशन दिएको छ । दिल्लीका स्वास्थ्यमन्त्री यस्तै केसमा समातिदा नेपालका पूर्व स्वास्थ्यमन्त्री ढकाल भने खुलेआम हिँडिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचार ‘नदेख्दा’ उनीहरू खुलेआम हिँडिरहेको चर्चा छ । दिल्लीका स्वास्थ्यमन्त्रीमाथि चार्ज लाग्दा नेपालमा भएको घोटालाका विषयमा अनदेखा गरिनुले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम भइरहेको टिप्पणी हुन थालेको छ । सीबीआईले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

स्वास्थ्यको ठेक्कामा १ प्रतिशत कमिसन मागेको अरोपमा पञ्जावका स्वास्थ्यमन्त्री भएका डा. विजय सिंगलालाई बर्खास्त गरिएको एक हप्तापछि दिल्लीका स्वास्थ्यमन्त्री जैन पक्राउ परेका हुन् । विजय दुगड र सुरज वैद्यसँग मिलेर खोप खरिदमा कमिसन बार्गेनिङ गर्ने सचिव लक्ष्मण अर्यालमाथि कुनै कारबाही नुहुनुले भारतको तुलनमा नेपाल भ्रष्टाचारीका लागि ‘स्वर्ग’ बन्दै गएको भान हुन्छ ।

स्वास्थ्यको ठेक्कामा कमिसन माग्ने पञ्जावका स्वास्थ्यमन्त्री विजयलाई मुख्यमन्त्री भगवंत मानले बर्खास्त गरे । तर खोप खरिदमा कमिसन बार्गेनिङ गरेको तथ्य सार्वजनिक हुँदापनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कदम नचाल्नुले उनको भ्रष्टाचार गर्दिन, गर्नपनि दिन्न भन्ने नाराले ‘हावा’ खाएको देखिन्छ ।

एकै प्रकृतिको केसमा दिल्लीका स्वास्थ्यमन्त्री जैन पक्राउ पर्दा नेपालका तत्कालीन स्वास्थ्यमन्त्री खुलेआम हिँडिरहेको विषयले एक्कासी चर्चा पाएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com