स्वास्थ्य लाइभ फलोअप

इम्बोस्ड नम्बर प्लेटमा एक कदम पछाडि हट्यो सरकार


काठमाडौं । यसै आर्थिक वर्षभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने नत्र कारबाही गर्ने धम्कीबाट सरकार बहादुरिका साथ पछाडि हटेको छ । मेडिकल सामग्री खरिद घोटालामा मुछिएका ओम्नीका मतियार विकल्प पौडेलहरूको कमिसन चक्करमा भित्रिएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने सर्तबाट सरकार एक कदम पछाडि हटेको हो ।

२०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर यो नम्बर प्लेट जडान गर्दा निहीत स्वार्थ रहेका विकल्प पौडेल सिद्धार्थ पाण्डेहरुले जे चाहेका थिए त्यस्तै हुँदै गएको छ । यो विषयमा स्वास्थ्य लाइभले विस्तृत विवरण प्रस्तुत गर्ने छ ।

सम्झौता बमोजिम २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा अहिले साढे दुई लाख सवारीसाधनमा मात्र जडान भएको विभागको विवरणमा उल्लेख छ । सम्झौता अनुसार २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गर्ने अडानमा भने विभाग यथावत् छ । इम्बोस्ड नम्बर प्लेट भित्र्याउँदा चलखेल र अनियमितताको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याएसम्म जनस्तरको खबदारी जारी रहन आवश्यक छ ।

क्याटेगोरी : प्रदेश, विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com