स्वास्थ्य लाइभ फलोअप

कोभिडको मौका छोप्दै भाडामा लगाएको शैलुङको गोलाघरमाथि छानबिन सुरू


काठमाडौं । कोभिडको मौका छोप्दै भाडामा लगाएको शैलुङस्थित गोलाघरमाथि प्रदेश सरकारले छानबिन सुरू गरेको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निर्देशनमा अनधिकृत रुपमा भाडामा लगाएको प्रदेश सरकारले बनाउँदै उक्त गोलघरमाथि छानबिन सुरु गरिएको हो । उपत्यका पर्यटन कार्यालय प्रमुख टंकप्रसाद भट्टराईको संयोजकत्वमा गठित छानबिन समितिले दोलखाको शैलुङ पुगेर भाडामा लगाउने सम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले साढे २ करोड बढी लागतमा बनाउँदै गरेको शैलुङ गाउँपालिका-१ स्थित उक्त गोलघर गाउँपालिकाका तत्कालीन अध्यक्ष भरत दुलाल र वडाध्यक्ष ध्रुव श्रेष्ठको मिलेमतोमा भाडामा लगाएको स्वास्थ्य लाइभले खुलासा गरेको थियो । त्यसलगत्तै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले भाडामा लगाएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । छानबिन समितिका सदस्यहरू शैलुङ पुगेर काठमाडौं फर्किएका छन् ।

छानबिन समितिका एक सदस्यका अनुसार शैलुङ गाउँपालिकाले प्रदेश सरकारको स्वीकृतिबिनै शैवुङको गोलघर भाडामा लगाएको देखिएको छ । स्वास्थ्य लाइभमा प्रकाशित समाचार अनुसार नै तात्कालीन गाउँपालिका अध्यक्ष दुलाल भाडामा दिने र वडाध्यक्ष श्रेष्ठ भाडामा लिने भएर सम्झौता गरेको पाइएको ती सदस्यको भनाइ छ ।

छानबिन समितिले गोलघर भाडासम्बन्धी सबै कागजात नियन्त्रणमा लिएकाले यो विषयमा छिट्टै यथार्थ सार्वजनिक गर्ने तयारी गरेको छ । पर्यटनमन्त्री श्रेष्ठले १५ दिनभित्र प्रतिवेदन दिन छानबिन समितिलाई निर्देशन दिएका छन् ।

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #गोलघर, #बागमती प्रदेश, #शैलुङ गाउँपालिका दोलखा, #शैलुङ गाउँपालिका निवर्तमान अध्यक्ष भरतप्रसाद दुलाल, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com