बेलायतले ४ लाख दिने भएपछि निजी अस्पतालले नर्स नपाउने !


काठमाडौं । बेलायतले ४ लाख बढी तलब दिने गरी नेपाली नर्स लाने भएपछि नेपालका निजी अस्पतालले नर्स नपाउने सम्भावना छ ।

नर्भिक, ग्राण्डी, ओमलगायतका अस्पतालमा नर्सलाई १५/२० हजार रुपैयाँ मात्र दिएर काममा ‘जोत्ने’ गरेको छ । यी अस्पतालमा काम गरेका नर्सहरु अष्ट्रेलियालगायतका देशमा जाने गरेका छन् । केही महिना काम गरेर केही लाख तलब पाउने देशमा नेपाली नर्सहरु जाने प्रवृत्ति बढ्दो छ । बेलायतले जीटूजी माध्यमबाट मासिक ४ लाख बढी दिने गरी १० हजार नर्स लाने भएपछि नेपालका निजी अस्पतालले नर्स नपाउने अवस्था आउने देखिन्छ ।

बेलायत सरकार र नेपाल सरकारका प्रतिधिनि सम्मिलित कार्यदलले बेलायतमा नर्स पठाउने गरी श्रम समझदारीको मोडालिटी तयार पारिसकेको छ । केही दिनभित्रै उक्त श्रम समझदारीमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलो चरणमा तत्काल २ हजार नर्स बेलायत पठाउने गरी श्रम सम्झौतामा दुईपक्षीय श्रम समझदारीमा हस्ताक्षर हुँदैछ । यो समझदारी भएपछि बेलायतमा नर्स जान थाल्नेछन् र न्यून तलबमा काम लगाउने निजी अस्पतालले नर्सको संकट भोग्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपाल र विदेशमा अध्ययन गरेर हरेक वर्ष ८ हजारको संख्यामा नयाँ नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति थपिन्छन् । यतिका संख्यामा वार्षिक जनशक्ति तयार हुँदापनि नेपालका निजी अस्पतालको नर्स नै पाइएन भन्ने गुनासो छ । यो सम्झौता भएर बेलायतले नेपाली नर्स लान थालेसँगै एकपटक नेपालका निजी अस्पतालमा नर्सको चरम संकट हुने निजी अस्पतालका सञ्चालकहरु सुनाउँछन् ।

लाखौं खर्च गरेर पढेका नर्सहरूलाई न्यून तलब दिने निजी अस्पतालले यो कुरालाई पुनरावलोकन नगर्ने हो भने नर्सिङ जनशक्ति विदेश पलायन हुने र निजी अस्पतालले नर्स नपाउने अवस्था आउने निश्चित देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com