नेपाल प्याथोलोजी टेस्टमा आत्मनिर्भर


काठमाडौं । क्रिष्टल डाइनोष्टिकले सुपरइस्पेशलाइजेसन ल्याब संचालन गरेसँगै नेपाल प्याथोलोजी परिक्षणमा आत्मनिर्भर बनेको छ । यहाँ परिक्षण भएको रिर्पोटले विदेशमा मान्यता पाउने भएको छ ।

क्रिस्टल डाइग्नोष्टिक सेण्टरका म्यानेजिङ डाइरेक्टर रबिन्द्र केसीले सुपरइस्पेशलाइजेसन ल्याब संचालन गरेसँगै गुणस्तरीय  रिपोर्ट प्राप्त गर्न सक्ने बताए । क्रिस्टल नेपाल सरकारबाट मान्यता प्राप्त ‘ए’ ग्रेडको ल्याव हो ।  क्रिस्टल विशिष्ट श्रेणी साथै अन्तराष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१: २०१५ र ल्याबोरेटोरी आइएसओ १५१८९:२०१२ मान्यता पाएको छ ।

नमुना बिदेश जानबाट रोक्न अमेरिकन युरोपियन प्रविधिबाट मान्यता प्राप्त अत्याधुनिक स्तरका मेसिनका साथै टेक्नोलोजी क्रिस्टलले भित्राएर सेवा दिइरहेको छ ।  केसी भन्छन् अब नेपालका चिकित्सकहरुले यही बसेर अन्तराष्ट्रिय स्तरको रिर्पोट प्राप्त गर्नेछन् । यसले बिरामीहरुको रोग पत्ता लगाउँन सहज हुने छ । जसले गर्दा लाखौं खर्च गरेर बिदेश पठाउनु पर्ने बाध्यता हटेको छ ।

क्रिष्टल डाइग्नोस्टिकले ल्याबबाट हेमाटोलोजी, बायोकेमेस्ट्री,  माइक्रोबायोलोजी, इम्युनोलोजी, सेरोलोजी, पारासाइटोलोजी, हिस्टो प्याथोलोजी, क्यान्सर जाँच, इम्युनोफोरोसेन्स, इम्युनो हिस्टोकेमेस्ट्री  फ्लोसाइट्रोमेट्री, मोलीक्युलर बायोलोजी लगायत सेवा दिइरहेको छ । साथै इन्डोस्कोपी, क्लोनोस्कोपी, अल्ट्रासाउण्ड, टिएमटी, पिएफटी, डिजिटल एक्स—रे, इसिजि, इको युरोफ्लोमेट्रीलगायतका सेवा उपलब्ध छन् ।

केसी भन्छन, होम केयर, अनलाइन कन्सल्टेसन, घरमै नमुना संकलन, फार्मेसीलगायतका सेवाहरु पनि उपलब्ध गराइरहेको छ । जसबाट प्रत्यक्ष रुपमा बिरामी र उनका आफन्तले सेवा पाएका छन् ।

यता मोलीक्युलर डायग्नोस्टिकमा पिसिआर लगायतका प्रविधिमा आधारित परीक्षणहरु डीएनए, आरएनए र प्रोटिनमा आधारित संक्रामक रोगको पिसिआर प्रबिधिबाट हेपटाइटिस बी, सी, एचआईभी, क्षयरोगको परिक्षण हुन्छ भने, पाठेघरको मुखको प्री क्यान्सरस रोगहरुको लागि एच पि भि (ह्युमन प्यापिलोपा भाइरस), हाडजोर्नि सम्बन्धी एचएलएबी२७ ह्युमन ल्युकोसाइट एन्टिजेन परिक्षण हुन्छ ।

ल्याबमा कन्सल्टेन्ट प्याथोलोजिस्ट डा महेस सुवेदी, डा मुकुन्दा शर्मा, डा  समीर मुढभरी र डा बिनोद ढकाल लगायतले सेवा दिएका छन् । क्रिष्टलले नागरिक लक्षित आर्कषण प्याकेज सिल्भर, गोल्ड र प्लाटिनम हेल्थ मार्फत सेवा दिईरहेको छ ।

त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा वैदेशिक रोजगार एवम भ्रमणका लागि जाने व्यक्तिहरुको सुबिधाका लागि पिसिआर ल्याब स्थापना गरि अझै सेवा दिईरहेको छ । प्रमुख कन्सल्यान्ट डा मुकुन्दा शर्माले अमेरिकन कम्पनी एबोर्टको पछिल्लो संस्कारणको मेसिन आफनो ल्याबले भित्रयाएको बताइन् । साथै आइभिएफ सँग सम्बन्धित सबै जाँच र स्त्रीरोग सम्बन्धी विशेष जाँचमा पनि यो ल्याबले विशेष सेवा दिएको केसीले बताए ।

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा
ट्याग : ## ल्याब, ##आइएसओ ९००१: २०१५, ##इन्डोस्कोपी, ##क्रिष्टल डाइनोष्टिक, #अल्ट्रासाउण्ड, #इको युरोफ्लोमेट्री, #इम्युनो हिस्टोकेमेस्ट्री  फ्लोसाइट्रोमेट्री, #इम्युनोफोरोसेन्स, #इम्युनोलोजी, #इसिजि, #क्यान्सर जाँच, #क्लोनोस्कोपी, #टिएमटी, #डिजिटल एक्स—रे, #पारासाइटोलोजी, #पिएफटी, #प्याथोलोजी, #बायोकेमेस्ट्री, #माइक्रोबायोलोजी, #मोलीक्युलर बायोलोजी, #रबिन्द्र केसी, #सेरोलोजी, #हिस्टो प्याथोलोजी, #हेमाटोलोजी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ