महँगो बन्दै नेपालमा डाक्टरी पढाइ, एमबीबीएस पढ्न झन्डै आधा करोड लाग्ने


काठमाडौं । नेपाममा डाक्टरी पढाइ महँगो बन्दै गएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको पछिल्लो शुल्क अनुसार अब एमबीबीएस पढ्न झन्डै आधा करोड लाग्ने भएको छ ।

आयोगले शैक्षिक सत्र २०७८/७९ समूह (ब्याच)का लागि निर्धारण गरेको शुल्क अनुसार एमबीबीएस पढ्न ४६ लाख लाग्ने भएको हो ।

आयोगले एमबीबीएस पढ्न अब काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार र काठमाडौं उपत्यकाबाहिर ४५ लाख ९५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । चिकित्सा शिक्षा आयोगले गत वर्ष कायम रहेको शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको हो ।

आयोगले बीडीएस पढ्न २० लाख ९२ हजार शुल्क निर्धारण गरेको छ । त्यस्तै बीएससी नर्सिङ्ग १० लाख ३६ हजार, बीपीएट, बीएससी एमआइटी, बीएससी एमएलटी, बी मेडिकल माइक्रोबायोलोजी, बी मेडिकल बायोकेमेष्ट्रिी अध्ययन गर्न ७ लाख ७७ हजार शुल्क निर्धारण गरेको हो ।

आयोग चिकित्सा शिक्षाका सबै तह र विधाका शैक्षिक सत्र २०७८/७९ समूह (ब्याच)का लागि बढाएर नयाँ शुल्क निर्धारण गरेको हो ।

यस्तो छ स्नातक तहका लागि निर्धारण गरिएको शुल्क

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## एमबीबीएस, #चिकित्सा शिक्षा आयोग, #बीडीएस, #शुल्क निर्धारण, #शुल्क वृद्धि, #शैक्षिक सत्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com