पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै


काठमाडौँ । आजबाट देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो डोज लगाईदै छ । ती २७ जिल्लाका बालबालिकालाई खोप लगाउनका सजिलो होस भनेर विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई दोस्रो डोजको खोप लगाउनका आग्रह गरेका छन् ।

बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना भाइरस, #खोप, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com