नन्दी रात्री माध्यमिक विद्यालयमा शनिबार वृहत्त स्वास्थ्य शिविर हुँदै


काठमाडौं । नन्दी रात्री माध्यमिक विद्यालयमा शनिबार वृहत्त स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नक्साल नाग पोखरीस्थित नन्दी रात्री माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सवको अवसरमा यही शनिबार विशेष वृहत्त स्वास्थ्य शिविर संचालन हुँदैछ ।

सामाजिक अभियन्ता भीम उपाध्यायका अनुसार स्वतन्त्र युवाहरूको समन्वयमा आउँदो ७ गते शनिबार  वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

विशाल निःशुल्क स्वास्थ्य शिविरमा स्वयंसेवक वा पारिश्रमिक लिएर चिकित्सकहरू आवश्यक परेको हुँदा सहयोग गर्न चाहने चिकित्सकहरूले आयोजकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

जनरल फिजिसियन २ जना, बालरोग विशेषज्ञ २ जना, दन्तरोग विशेषज्ञ २ जना, नाक कान घॉटी विशेषज्ञ १ जना र छाला रोग तथा यौनरोग विशेषज्ञ १ जना आवश्यकता परेको छ । स्वास्थ्य शिविरमा स्वयंसेवक वा पारिश्रमिक लिएर काम गर्न चाहने चिकित्सकले आनन्द जोशी, (९८६६२५२७४२) र रामकृष्ण शिवाकोटी, (९८५१०६८६२९) मा सम्पर्क गर्न सक्ने उपाध्यायले जनाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com