स्वास्थ्यमा बेथिति

सेवामा खटिएका स्वास्थ्यकर्मीलाई पैसा नभएको बाहनामा म्याद नथप्ने तर, होटलमा करोडौं सक्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो समय चरम वेथिति सुरु भएको छ । नियमकारी निकाय नै बेथितिको पक्षमा तल्लीन हुँदा स्वास्थ्यमा बदमासी र बदनामीले सीमा पार गरेको छ ।

स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालयमाथि विशेष निगरानी गरिरहेको छ । यसको मौक्सद भनेको स्वास्थ्य मन्त्रालय सुध्रियोस् भनेर हो । नेपालीमा एउटा उखान छ, ‘पल्केको तिल्के घरीघरी मिल्के’ अहिले स्वास्थ्य ठ्याक्कै तेस्तै भएको छ ।

साउन १ गतेबाट कोभिडमा ज्यान माया मारेर नागरिक बचाउँन सेवामा खटिएका स्वास्थ्यकर्मीको म्याद थप भएको छैन । स्वास्थ्य मन्त्रालयले बजेट नभएको भन्दै देशको एक मात्रै सरुवारोग अस्पताल टेकुमा भारि मात्रामा कर्मचारी कटौती गरेको छ ।

एकजना सन्की प्रमुख विशेषज्ञको स्वार्थ पूरा नहुँदा अस्पतालको पुरै सेवा चौपट हुनेगरी कर्मचारी कटौती गरिएको हो । तर, स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलाई महँगा होटलमा जाँड खान र भतेर लगाउन बजेट अभाव छैन । यति बेला करारका कर्मचारीको म्याद थप रोकेर स्वास्थ्यका अधिकारी महँगा होटलमा गएर जाँड-भतेरमा रमिरहेका छन् । स्वास्थ्य मन्त्रालय बेथितिको ‘हटस्पट’ बन्दा मुलुक नै कोरोना महामारीको ‘हटस्पट’ बन्ने खतरा छ । काम गर्ने गर्ने स्वास्थ्यकर्मीलाई पूर्वाग्राही ढंगले हटाएर स्वास्थ्यका उच्च अधिकारीहरू जाँड-रक्सी र भोज-भतेरमा रमाउँदा मुलुक कोरोनाको ‘हटस्पट’ बन्ने खतरामा पुगेको छ ।

विगत ४८ घण्टादेखि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु नगरकोटको एक होटलमा जाँड-भतेरमा मस्ती गरिरहेका छन् । यता मन्त्रालयमा सेवाग्राही कर्मचारीको पर्खाइमा छन् । जनताप्रति पटक्कै उत्तरदायी नहुुँदा स्वास्थ्य क्षेत्र धराशायी बन्दै जान थालेको विज्ञहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचार गर्ने देशको पहिलो अस्पतालमा ६८ जना करारका कर्मचारी निकालेको छ । कर्मचारी निकाल्दा अस्पतालको सेवा घटेको छ ।

हाल टेकु अस्पताल अहिले १ सय शय्यामा संचालित छ । २४ वेड आइसियू र सोही मात्रामा भेन्टिलेटर संचालित भएकोमा अब ३ बेड आइसियुमा झेरको छ । रेडियोलोजीको सेवा २४ घण्टा दिएको थियो कर्मचारी हटाएपछि अब १० देखि ४ बजेसम्म दिन थालिएको छ । खोप जनशक्ति अभाव बन्द गर्ने तयारीमा छन् । उता निर्णयकर्ता होटलमा जाँड-भतेरमा मस्त छन् ।

अझ गज्जब को कुरा त बिहीवार साँझ सामाजिक सञ्जालमा एउटा फोटो सार्वजनिक भयो । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमा छोरा जन्माएकी छन् । वडा नम्बर २ मा रहेको माझ गाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीय कार्तिका बिकले बाटोमा बच्चा जन्माउन पुगेकी हुन् ।

बडिमालिका खबरले बताए अनुसार भएका करारका कर्मचारी निकालिएपछि स्वास्थ्य सस्था कर्मचारीबिहीन बनेको थियो । बडिमालिका खबर भन्छ, ‘स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए ।’, उता नागरिक सामान्य स्वास्थ्य सेवा नपाएर बाटोमा जोखिम मोल्दै गर्भवती भइरहेका छन् । यता स्वास्थ्य मन्त्रालयका अधिकारी नागरिकको पिडा छलेर जाँड-भतेरमा रमाइरहेका छन् । स्वास्थ्यका उच्च अधिकारीको गैर जिम्मेवारीका कारण नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुनु पर्ने अवस्था आएको छ । यिनीहरूले नागरिकको स्वास्थ्यको हकमाथि गम्भीर प्रहार गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com