मेडिसिटीमा ‘लुकेर’ काम गर्ने कोशीका डाक्टर पन्त बर्खास्त


काठमाडौं । नेपाल मेडिसिटीमा ‘लुकेर’ काम गर्ने कोशी अस्पतालका सरकारी डाक्टर ओमबिजु पन्तलाई बर्खास्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोशी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिष्ट (नवौं तह) डा. पन्त पन्तलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेको जनाएको छ । उनलाई लोकसेवा आयोगको परामर्शमा २०७५ बैशाख २ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो ।

बर्खास्त गरिएका डा. पन्त साढे तीनवर्षदेखि सरकार र पदाधिकार रहेको कोशी अस्पतालसँग सम्पर्कबिहीन अवस्थामा थिए । स्वास्थ्य लाइभको खोजीमा उनी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहेको खुलेको थियो ।

स्वास्थ्य मन्त्रालयलाई जानकारी नगराई सुटुक्क मेडिसिटीमा काम गरिरहेका डा. पन्तलाई सरकारले बर्खास्त गरेको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## कोशी अस्पताल, ## डा. ओमबिजु पन्त, #नेपाल मेडिसिटी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com