के सरकारले नेपाल आँखा अस्पताललाई सरकारी ‘सिस्टम’मा ल्याउन लागेको हो ?


काठमाडौं । नेपाल सरकार मातहत छुट्टै आँखा अस्पताल छैन । भएका आँखा अस्पताल पनि विभिन्न संस्थाको सहयोगमा संचालन हुँदै आएका छन् । ती सरकारी अस्पताल हैनन् ।

आँखाका बिरामी दिनप्रतिदिन बढ्न थालेपछि सरकारले आफ्नै स्वामित्व भएको अस्पतालको परिकल्पना गरेको बुझिएको छ । उक्त कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल स्वीकार गर्छन् । उनको भनाई अनुसार हाल स्वास्थ्य मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई सरकार मातहत ल्याउने गृहकार्य भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर करिब १८ सय चिकित्सकको दरबन्दी छ । अनुमानीत १४ सय चिकित्सक सेवामा छन् । तर, ५ वटा मात्रै आँखाको दरबन्दी रहेको छ । हाल एक जना ११ तहका चिकित्सक र दुई जना नवौं र दशौं तहका चिकित्सक कार्यरत छन् । छुटै आँखा अस्पताल नहुँदा उनीहरु देशका विभिन्न सरकारी अस्पतालमा गएर सेवा दिइरहेका छन् ।

सुर्खेत, नारायणी, भरतपुरमा आँखाको दरबन्दी रहेको छ । त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आँखाको विभाग खोल्ने तयारी मन्त्रालयले गरेको छ ।

अधिकारीहरुले बताए अनुसार अहिले नेपाल आँखा अस्पताललाई सरकार मातहत गाभ्ने तयारी तीब्र गतिमा अगाडी बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल आँखा अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर सेवा दिने गृहकार्य भइरहेको छ । तर, टुंगोमा भने पुगेको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com