वीपी प्रतिष्ठान ‘टाट पल्टाएर’ किर्ते प्राध्यापक उपकुलपति गिरी पार्टीको काममा सक्रिय


काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘टाट पल्टाएर’ किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी पार्टीको काममा सक्रिय भएको फेला परेको छ ।

सरकारले बनाएको विभिन्न छानबिन समितिले दोषी ठहर गरेका किर्ते प्राध्यापक डा. गिरी नेकपा एमालेको काममा सक्रिय रुपमा लाग्न थालेका हुन् । प्राध्यापकको उपाधि किर्ते भएकाे पुष्टि हुँदा पनि भ्रष्टाचार मुद्दा नचलाइएका गिरी सुनसरी जिल्लाको चुनावी कार्यक्रममा सहभागी हुन थालेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ ।

वीपी प्रतिष्ठानमा ठेकेदारसँगको सेटिङमा करोडौंको अनावश्यक स्वास्थ्य सामग्री खरिद गरेर प्रतिष्ठानलाई नै टाट पल्टाउन भूमिका खेलेका गिरी एमाले कार्यकर्ता कै हैसियतमा पार्टीको काममा लाग्न थालेका हुन । शनिबार एमाले सुनसरीको कार्यक्रममा उनको सक्रिय सहभागिता रहेको पाइएका छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेतृ भगवती चौधरी, रेवतीरमण भण्डारीलगायतको साथमा उपकुलपति गिरी पनि एमालेको कार्यक्रममा सहभागी भएका हुन् । उनले एमालेको चुनाव प्रचार प्रसारको जिम्मेवारी समेत निर्वाह गरिरहेको एमाले सुनसरीका एक नेता स्वास्थ्य लाइभलाई सुनाउँछन् ।

बर्खास्त हुन् लागेका किर्ते प्राध्यापक गिरीलाई सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संरक्षण गरेको प्रतिष्ठानभित्र चर्चा छ । उनको सञ्चारमन्त्री कार्कीसँग विशेष हिमचिम देखिन्छ । किर्ते प्राध्यापक उपकुलपति गिरी पदमा टिकिरहनुले पनि त्यो आरोपमा दम देखिन्छ । अहिले गिरी खुलेरै एमालेको चुनावी कार्यक्रममा होमिन थालेका छन् ।

कांग्रेस नेतृ डा. डिला संग्रौलाका श्रीमान सूर्य प्रसाद संग्रौलालाई रजिष्ट्रार बनाउने नाममा कांग्रेसले किर्ते प्राध्यापक उपकुलपति गिरीसँग सम्झौता गरेको चर्चा छ । यसले गर्दा वीपीको थप दुर्दशा देखिन थालेको छ । उपकुलपति नै पार्टीको काममा लागेपछि प्रतिष्ठान थप संकटमा परेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #उपकुलपति, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डा. डिला संग्रौला, #नेकपा एमाले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com